A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4unle733joejha8ct5emcfti40hkqist): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिशु जन्मिएपछि घाँटी थिचेर हत्या, मदिरा पसलभित्र ‘खाल्डो खनेर गाडेपछि’ आमासहित परिवारै पक्राउ

https://www.setopati.com/social/243134 असार २९

शिशुको जन्म भएपछि मोरङमा घाँटी थिचेर हत्या गरी मदिरा पसलभित्र खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको छ।

प्रहरीका अनुसार नवजात शिशुलाई घाँटी थिचेर हत्यापछि खाल्डो खनेर पुरेको आरोपमा जन्म दिने महिला, उनकी आमा, बुवा र लोग्ने पक्राउ परेका छन्।

प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमध्ये शिशुकी आमा रंगेली नगरपालिका-५ को आँपगाछी टोल बस्ने २५ वर्षीया खुश्बु मण्डल हुन्।

जिसीका अनुसार मण्डलले आइतबार राति साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली-५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्।

 

यो सबै काम भने खुश्बुले आफ्नो परिवारको सहमति र मिलेमतोमा गरेको देखिएको एसपी जिसीले सेतोपाटीलाई बताए। 

जिसीका अनुसार उनको कोखबाट छोरी जन्मिएकी थिइन्। जन्मिनेवित्तिकै उनले ब्लांकेटले घाँटी थिचेर हत्या गरेकी थिइन्।

हत्यापछि आफ्ना बुवाआमाले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्। सो कार्यमा उनका श्रीमान् र आमाबुवाले सहयोग गरेका थिए।

घटना थाहा पाएलगत्तै प्रहरी टोली सोमबार घटनास्थल पुगेर शिशुको शव खाल्डोबाट उधिनेर निकालेको थियो।

घटनामा संलग्न रहेकी खुश्बु, उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको जिसीले बताए।

जिसीका अनुसार खुश्बुले गैरकानुनी रूपमा गर्भधारण गरेको र शिशु जन्मिएपछि परिवारको योजनामा हत्या गरी खाल्डो खनेर गाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

खुश्बुका श्रीमान् अरुण वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। तीन वर्षदेखि विदेशमा रहेका उनी गत चैतमा घर फर्किएका थिए।

उनी घर फर्किँदा खुश्बुको पेट बढेको थियो। अरुणले श्रीमती गर्भवती भएको शंका गरी केरकार पनि गरेका थिए।

‘तर, श्रीमतीले पेटमा बोसो लागेको, केही होइन भन्दै टार्दै आएकी थिइन्, उनका श्रीमानले पनि त्यो कुरा पत्याइरहेका रहेछन्,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘तर, खुश्बुले शिशु जन्माएपछि आकस्मिक रूपमा परिवारै मिलेर हत्या गरेको खुलेको छ।’

पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानमुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने अनुमतिसाथ अनुसन्धान थालिएको एसपी जिसीले बताए।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: