समाचारमा बालबालिका

रूखकाे हाँगाले लागेर बालककाे मृत्यु

https://www.setopati.com/social/235373  वैशाख ९

झापाको कमल गाउँपालिका वडा नं ५ सीतापुरीमा रूखकाे हाँगा भाँचिएर लाग्दा एक जना बालककाे मृत्यु भएको छ।

बुवासँग नर्सरीमा दाउरा टिप्न गएको बेला ८ वर्षीय योजन राईकाे बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

रतुवा माई वृक्षारोपण आयोजनाकाे नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रूखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएका थिए।

उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।