समाचारमा बालबालिका

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा किशोरको मृत्यु

https://www.setopati.com/social/235984 वैशाख १५

मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सप्तरीको सुरूङ्गा नगरपालिका-१ को तेतरिया बस्ने १६ वर्षीय रामु सदाईको बुधबार दिउँसो पौने २ बजे करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेका अनुसार उनले मोबाइल चार्जमा राखेका थिए। सोही क्रममा उनको बायाँ हातको औंलामा करेन्ट लागेको उनले बताए।

करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। उनको शव रा.उ. अस्पताल लहान सिराहामा राखिएको छ।

प्रहरीले मोबाइल चार्जमा राखेर फोन नचलाउन भनेको छ।

यससम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।