A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोल्पामा चट्याङले एक बालकको मृत्यु : दुई घर जले

http://annapurnapost.com/news/178790 १६ बैशाख २०७८

रोल्पामा चट्याङले एक बालकको मृत्यु भएको छ भने दुईवटा घर जलेका छन्। 

बिहीवार दिउँसो वर्षातसँगै परेको चट्याङमा परेर पुर्वी रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको ज्यान गएको हो। 

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार चट्याङमा परेका पुनको उपचारका लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आमासँगै बहिनीको पोबाङ बैंकमा पोषण भत्ताका लागि खाता खोलेर घर फर्किने क्रममा याबाङ जंगलमा चट्याङमा परेका थिए। सँगै रहेका आमा र मामालाई चट्याङको धमाकाले सामान्य चोट लागेको गाउँलेले बताएका छन्। 

श्चिमी र दक्षिणी रोल्पाका दुई अलग स्थानका दुई घर चट्याङले जलेर नष्ट भएका छन्। परिवर्तन गाउँपालिका-२ बागमारा टाईबाङमा अमन कुमारी रानाको घर जलेको हो। प्रनाउ सुवेदीका अनुसार त्रिवेणी गाउँपालिका-२ दहवनका कृष्ण केसीको घर पनि चट्याङले जलेको हो। घरसहित लत्ताकपडा, धनमाल र अन्नपात सबै जलेका छन्। दुवै घर जलेपनि मानवीय क्षति हुन पाएन। चट्याङले बागमाराको घरमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

दिउँसोदेखि जिल्लामा असिनासहित भारी वर्षा भइरहेको छ। चार दिनदेखि नुवागाउँ र गुनाम क्षेत्रमा लागेको आगो वर्षाले निभवेको छ भने घर गोठ जलेका अग्नि पीडितलाई भने समस्या परेको छ। 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: