समाचारमा बालबालिका

सप्तरीमा मन्दिरको पोखरीमा डुबेर बालकको मृत्यु

https://www.setopati.com/social/243723 साउन ४

सप्तरीमा पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

महादेवा गाउँपालिका-४ बलियाटोलका मोहम्मद इसराइलको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

स्थानीय भगवती मन्दिरको पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार सवा १२ बजे बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।