समाचारमा बालबालिका

पोखरीमा डुबेर बालकको मृत्यु

http://annapurnapost.com/news/178761 १६ बैशाख २०७८

पौडी खेल्नेक्रममा उदयपुरका एक बालकको  मृत्यु भएको छ। बुधबार दिउँसो १२ बजे मामाको घरबाट पौडी खेल्न गएका त्रियुगा नगरपालिका-४ वगाहाका १५ वर्षीय बालक विवेक ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो। 

साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा माईजु टिक विकसहितका स्थानीयले पोखरीमा डुवेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। मृत अवश्थामा फेला परेका ढकालको शव बिहीबार पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।