A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हात बाँधेर फालेको अवस्थामा कर्णाली नदीमा भेटियो दुई दिदी बहिनीको शव

https://www.setopati.com/politics/231440  फागुन २४

हात बाँधिएको अवस्थामा कर्णाली नदीमा दुई बहिनीको शव भेटिएको छ। दैलेखको आठविस नगरपालिकाका स्थानीयले हात बाँधिएको अवस्थामा पानीमा डुबिरहेको दुई बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिंह बडुवालका १६ वर्षीय छोरी कल्पना बडुवाल र १२ वर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ।

उनीहरूको शव पानीमा डुबिरहेको अवस्थामा देखिएको भनेर सोमबार बेलुका ५ बजेतिर प्रहरीलाई खबर आएको ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालले सेतोपाटीलाई जानकारी दिए।

ढकालका अनुसार दैलेख र अछामको बीचमा रहेको कर्णाली नदीको अछामतर्फको किनारमा दुई बहिनीको शव भेटिएको हो । घटनाको बारेमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ गईरहेको छ। ‘सदरमुकामबाट र दुल्लुबाट थप प्रहरी टोली आईरहेको छ, बीच बाटोमा पुगिसक्यो होला,’ असई ढकालले भने ।

घटनाको बारेमा बुझ्दा रहस्यमय देखिएको छ। असई ढकालका अनुसार मृत भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरभन्दा केही टाढा रहेको उनलाई प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो।

मानसिंहको परिवारमा ६ जना सदस्य थिए। बडुवालकी श्रीमति, तीन जना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ढकालले बताए। ‘बुवालाई हामीले ल्याएर यहाँ अफिसमै राखेका छौं, उहाँका एक छोरा र श्रीमती भेटिएका छैनन्,’ उनले भने।

बडुवालले बताए अनुसार घरायसी विवाद हुँदा श्रीमती छोराछोरी लिएर घरबाट निस्किएको ढकालले जानकारी दिए।

‘अहिले शव त्यहीँ छन्, थप प्रहरी टोली आयो भने बाँकी प्रक्रिया अगाडि बढ्छ,’ असई ढकालले भने । उनका अनुसार घटनास्थलमा अवस्था भने सामान्य छ। 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: