A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2nk2j6k46bhoptsnquim4ms4llie6a4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जीपको ठक्करबाट एक स्कुले बालकको मृत्यु

बैतडीको देहीमाण्डौंमा जीपले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ। सतबाँझबाट गोठलापानीतर्फ गइरहेको से १ ज ३८९ नम्बरको जीपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका हर्कबहादुर बोहराका ७ वर्षीय छोरा विवेक बोहराको ज्यान गएको हो।  बैतडीको देहीमाण्डौंमा जीपले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ। सतबाँझबाट गोठलापानीतर्फ गइरहेको से १ ज ३८९ नम्बरको जीपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका हर्कबहादुर बोहराका ७ वर्षीय छोरा विवेक बोहराको ज्यान गएको हो। विद्यालय जाने क्रममा जीपले बोहरालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। घटनालगत्तै जीप चालक नवराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बोहरा निंगलासैनी बोर्डिंग स्कुल देहीमाण्डौंमा यू केजीका छात्र हुन्। जीपले ठक्कर दिँदा बालकको मृत्यु भएपछि स्थानीयबासीले देहीमाण्डौंमा सडक जाम गरेका छन्। दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले सडक जाम गरेका हुन्। आक्रोशित स्थानीयले देहीमाण्डौ बजार समेत बन्द गराएका छन्। सडकमा गाडी नचल्दा बैतडी सदरमुकाम जाने र सदरमुकामबाट अन्यत्र चल्ने सवारी साधन बीचबाटोमै रोकिएका छन्। स्थानीयले देहीमाण्डौंमा नाराबाजी समेत गरेका छन्। आफन्तले अहिलेसम्म लास बुझेका छैनन्। विद्यार्थीले घटनास्थलमा ढुंगामुढा गर्दा एक प्रहरी समेत घाइते भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए। आक्रोशित भीडलाई शान्त बनाउने प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।

२०७४ फागुन १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: