A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या

https://nagariknews.nagariknetwork.com/social-affairs/401091-1607485341.html     २४ मंसिर २०७७

रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्।  

आइतबार बिहान विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बालिकालाई खोजिदिनका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए।  

एक जना अपरिचित महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए। उजुरी दिएपछि तत्कालै प्रहरी परिचालन भएको थियो। अस्थायी प्रहरीचौकी ग्राङ र इलाका प्रहरीचौकी कालिकास्थानका प्रहरीले खोज्ने क्रममा मंगलबार दिउँसो बालिकाको शव फेला पारेको थियो।  

बालिका हत्या गरेको आंशकामा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ। तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार कालिका गाउँपालिका–१ पलेपस्थित नागुर्दुङ भीरको ढुङ्गाको ओढारमा बालिकाको शव भेटिएको हो। सुक्न लागेको बिलाउनेको सेउलाले छोपिएको अवस्थामा बालिकाको शव भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए।  

बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल नीलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको थियो।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: