A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionis022o5urnffk1mt2mk5fhcfcfmvlbga): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

५ देखि १२ वर्षका सबै बालबालिका विद्यालयमा

सरकारले पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन् भन्ने अभिप्रायले विद्यार्थी भर्ना अभियान सुरु गर्‍यो। वैशाख १ देखि जेठ १५ गतेसम्म पहिलो चरणको भर्ना अभियान सुरु गरिएको थियो। पहिलो चरणको भर्ना अभियानमा सबै बालबालिका विद्यालय भर्ना हुन नसकपछि सरकारले पुनः एक महिना म्याद थप गरी दोस्रो चरणको भर्ना अभियान सुरु गर्‍यो। सोही अभियानलाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाले आइतबार एक कार्यक्रम गर्दै ‘प्राथमिक शिक्षा सुनिश्चितता’ घोषणा गर्‍यो। नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्रका कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको जानकारी दिँदै आगामी दिनमा सबै बालबालिका विद्यालय जाने सुनिश्चितता तथा निरन्तरता र दिगोपनका लागि प्रतिवद्धता जनाए। जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख गुणराज पोखरेलले गोदावरी नगरपालिकाभन्दा पहिला दक्षिण ललितपुरका बागमती, महांकाल र कोन्जोस्योम गाउँपालिका प्राथमिक शिक्षा सुनिश्चितता घोषणा भइसकेको बताए। उनले भने, ‘भदौ १५ मा महांकाल र बागमतीले घोषणा गरे र कोन्जोस्योमले २१ गते घोषणा गरेको हो। ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका घोषणाको तयारीमा लागे पनि मिति तय नगरेको पोखरेलको भनाइ छ। सरकारले स्कुल भर्ना अभियान चलाउँदा पनि बालबालिका विद्यालय बाहिर रहेको भन्ने जानकारी पाएपछि मन्त्रिपरिषद्को जेठ २० को निर्णय अनुसार पुन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको हो। उनले भने, ‘जिल्ला समन्वय समितिको सहयोगमा जिल्लाका प्रत्येक घरधुरीमा सर्वेक्षण फारम पठाइएको थियो।’ साउन ३१ सम्ममा घोषणा गरिसक्नुपर्ने कार्यक्रम भए पनि अझै महानगरपालिका र महालक्ष्मीले घोषणा गर्न सकेको छैन। महानगरका एउटै घरमा धेरै परिवार बस्ने भएकाले तथ्यांक संकलनको काम ढिला भएको र गाउँपालिकाहरूमा छिटो भएको पोखरेलको भनाइ छ। नगरपालिकाका उपप्रमुख मुना अधिकारीले कुनै बालबालिका विद्यालय जान वञ्चित भएमा जानकारी गराउन अनुरोध गरिन्। कार्यक्रममा उपस्थित भएका पूर्वन्यायाधीश शम्भुबहादुर कार्कीले ५० वर्ष पहिला विद्यालय नहुँदा पढ्ने रहर हुँदाहुँदै विद्यालय जान नसकेको अनुभव सुनाए, ‘मेरो सपना पूरा भएको छ।’ सामुदायिक विद्यालय पनि निजीजत्तिकै उत्कृष्ट बन्न सक्ने तर शिक्षकको मनोबल उच्च हुनुपर्नेमा उनले जोड दिए। विद्यालयमा राजनीति नहुने भएमात्रै यस्ता घोषणा सार्थक हुने प्रतिक्रिया दिए।

२०७५ असोज १ गते ११:१२ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: