A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbnrasrbv95oi9priusugi9vve0i1aks5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ । विद्यालयमा खेलकुद गतिविधि भइरहेका बेला बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेर भाँचिएर दुर्घटना भएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले जानकारी दिए।

२०७६ कात्तिक ६ गते ४:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: