समाचारमा बालबालिका

बाल विवाह गरेको आरोपमा पर्सामा दुलाहासहित तीन पक्राउ

https://www.setopati.com/social/243220 असार ३०

१७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र   बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन्।

उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

आपसी मिलेमतोमा उनीहरूले पर्सा पकाहामैनपुर गाउँपालिका-१ को भुटनदेवी मन्दिरमा बाल विवाह गराएको खनालले बताए।

असार १७ गते उमेर नपुगी किशोरीको विवाह गराएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरू सबैलाई बाल विवाह सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

पर्साका विभिन्न ठाउँमा २० वर्ष नपुगी विवाह गर्ने तथा गराउने थाहा हुन आएको भन्दै प्रहरीले तत्काल खबर गर्न पनि अनुरोध गरेको छ।