A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक किशोरबाट चार बलात्कृत !

http://annapurnapost.com/news/175697  १४ फागुन २०७७

गुलरिया : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।
‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए। पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधे अनि पालैपालो बलात्कार गरेछन्’, एक पीडितका बुवाले भने। पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ। ‘निकृष्ट एवं जघन्य अपराध भएको छ, पीडकलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ’, एक अभिभावकले भने।

प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनालाई बालविज्ज्याईअन्र्तगत राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। उनले भने, ‘घटना प्रमाणित भए पीडकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्।’

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: