A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionldnpnfcf32tfu9stkuelrvtkvu5m18fv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धरानबाट ३१ सडक बालबालिकाको उद्धार

सरकारले सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाको उद्धार गरेको छ। सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे बृद्धबृद्धा तथा अशक्तहरुको संरक्षण अभियान अन्तर्गत सडकमा कष्टकर जीवन बिताइरहेका ३१ बालबालिकालाई धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट उद्धार गरिएको हो। सडक बालबालिकाको उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सरकारका सचिव चन्द्र घिमिरेसहित बालबालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोली धरान आएको थियो। उद्धार गर्न आएको मन्त्री गुरुङ सहितको टोलीले सुरुमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितका जनप्रतिनिधिसँग छलफल गरी भानु चोकको सडकमा बसेका बालबालिका, र अशक्त व्यक्तिलाई भेला गरेर उद्धार गरेका थिए। धरानबाट उद्धार गरिएका ३१ बालबालिकालाई इटहरीको ुसेभ द चिल्ड्रेनु हाउसमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताएका छन्। उनले सडकबाट उद्धार गरिएका बालबालिकाहरुलाई केहि दिन इटहरीमै राखेर काउन्सिलिङ गरी काठमाडौं लगी सुधार गृहमा राख्ने र उनीहरु पूर्ण रुपमा ठिक भइसकेपछि परिवारको जिम्मा लगाइने बताएका छन्। परिवार नभएकालाई सीपमुलक तालिम दिएर स्वारोजगार बनाइ आत्मर्निभर बनाइने अधिकृत अधिकारीले बताए। सडक बालबालिका उद्धारमा आएका मन्त्री गुरुङले ७ वटै प्रदेशका सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिका, जेष्ठनागरिक अशक्तहरुलाई सरकारले संरक्षण गरी मानसिक र शारीरिक रूपमा तन्दुरुस्त बनाउने बताए। उनले उद्दार गरिएकाको जीवनयापन सहज बनाउन सरकारले सकारात्मक अभियानको सुरुवात गरेको बताए। गरिबीका कारण अब नेपाली नागरिकले कष्टकर जीवन बिताउनु नपर्ने भन्दै बेवारिसे अवस्थामा रहेका सबैको सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले संघीय सरकारले सडक बालबालिका, बेवारिसे जेष्ठनागरिक र अशक्तहरुको उद्धार गर्ने अभियान सरकारको नमुना काम भएको बताउँदै यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयका सचिव चन्द्र घिमिरेले प्रदेश १ का इटहरी, विराटनगर, दमक, विर्तामोड लगायतका स्थानमा रहेका सबै सडक बालबालिका र अशक्त तथा जेष्ठनागरिकहरुको उद्धार गर्ने अभियान धरानबाट सुरु गरिएको बताए।

२०७६ पुष १९ गते ४:५१ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: