A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionprf3r2oouept56ougi9j3li129jl8so9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेपत्ता भएका तीन बालबालिका अझै फेला परेनन्

गत साउन ५ गते तमोर नदीले बगाएर बेपत्ता भएका तीन बालबालिकाको अझै पत्ता लाग्न सकेको छैन्।  धनकुटा नगरपालिका–८, सान्ताङका शंखबहादुर राई र रोहनश्वरी राईको तीन छोराछोरीलाई पौडी खेल्ने क्रममा धनकुटाको याक्चना नजिकबाट तमोर नदीले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता ९ वर्षीय सन्दीप राई, ७ वर्षीया सलिना राई र ४ वर्षीया संजिला राईलाई गोरु चराउँदै नदीको किनारामा पौडी खेल्ने क्रममा नदीमा अचानक आएको बाढीले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता बालबालिकाहरुको प्रहरीले स्थानीयवासीहरुको सहयोगमा खोजी गरिरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुर्दशन प्रसाद कोइरालाले बताए। उत्तरी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण नदीमा अत्याधिक बाढी आइ रहेकाले पनि खोजी कार्यमा कठिनाइ भएको उनको भनाइ छ।  यसैबीच तीनै सन्तान नदीले बगाएर बेपत्ता भएपछि सन्तानविहीन भएका राई दम्पतिलाई धनकुटा नगरपालिका धनकुटाले ४० हजार रुपैयाँ र किराँत आठपहरिया समाज नेपालले ४० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा लगायतको राहत प्रदान गरेको छ। धनकुटा नगरपालिकातर्फबाट प्रमुख चिन्तन तामाङले राहत रकम हस्तान्तरण गरेका हुन भने किराँत आठपहरिया समाज नेपालको तर्फबाट अध्यक्ष सारकुमारी आठपहरिया, महासचिव सुर्य आठपहरियालगायतले हस्तान्तरण गरेका हुन्। राई दम्पत्तिको आर्थिक अवस्था अत्यान्तै नाजुक र त्यो माथि सन्तान गुमाउनुको पीडा थपिएकाले परिवार चलाउन केही राहता पुगोस भनेर मानवीय नाताले राहत वितरण गरिएको किराँत आठपहरिया समाज नेपालका महासचिव सुर्य आठपहरियाले बताए।

२०७६ साउन २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: