A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ। सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए ‍। गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताए। निवेदनलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उनले बताए। उद्धारपश्चात् बालकले आफूहरु भारत हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताएका छन्। पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका थिए।

२०७५ माघ ४ गते १०:२९ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: