समाचारमा बालबालिका

जलेर बालिकाको मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका ५ मा जलेर एक बालिकाको बुधबार मृत्यु भएको छ । स्थानीय अभिनारायण राईको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी २१ महिनाको उनकी छोरी सुमिनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । छोरीलाई बचाउन खोज्दा आमा कमला गम्भीर घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

२०७५ साउन ३० गते ६:४३ मा प्रकाशित