A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसईई दिएर फर्केका विद्यार्थी त्रिशूलीमा बेपत्ता

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक विद्यार्थी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन्। गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी १७ वर्षीय कमलबहादुर चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्। उनको परीक्षाकेन्द्र गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग मावि हो। विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सकेपछि किनमेलका लागि भन्दै साथीसँग धादिङको चरौंदी बजार हिँडेका साथीलाई उद्धृत गर्दै स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिए। दिउँसो पौडी खेल्न नदीमा पसेका उनी दिउँसो साढे १ बजेतिर बेनिघाट रोराङ ७ स्थित त्रिशुली नदी किनारबाट बेपत्ता भएका स्थानीय शिक्षिका भक्ति चेपाङले जानकारी दिइन्। प्रहरी, स्थानीय बासिन्दा र आफन्तले साँझसम्म खोजतलास गर्दा पनि बेपत्ता चेपाङलाई पत्ता लगाउन नसकिएको उनले बताइन्।

२०७५ चैत १२ गते १:५६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: