A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरी मृत्युको छानबिन माग

किशोरी मृत्युको छानबिन माग गर्दै आफन्त र स्थानीयवासीले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । कटहरी गाउँपालिका–१ की १७ वर्षीया आइसा चौधरीका आफन्तले प्रदर्शन गरेका हुन् । आइसा ललितपुरको इमाडोलस्थित विनय दाहालको घरमा काम गर्थिन् । झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । आफन्तले उनले आत्महत्या नगरेको र हत्याको आशंका गर्दै छानबिन माग गरेको बताए । आइसाकी आमा गुलजारीदेवी ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा पुगेर सदगतका लागि शव बुझेर शनिबार राति घर आएकी थिइन् । आइसाकी दिदी बबिताले बहिनीको देब्रे हातमा तीन ठाउँ काटिएको र गालालगायत शरीरका विभिन्न भागमा निलडाम रहेकाले हत्या भएको हुन सक्ने बताइन् । ‘आत्महत्या गरेको भए विनय दाहाल शवसँगै सदगतका लागि आउँथे होलान्,’ उनले भनिन्, ‘बहिनीको बलात्कारपछि हत्या भएको शंका लागेकाले घटनाको छानबिन गरेर हामीलाई न्याय दिनुपर्छ । कटहरी खोरियाका जयप्रकाश चौधरीमार्फत आइसा विनयको घरमा काम गर्न गएकी थिइन् । विराटनगरका केशव सिलवालले छोरीज्वाइँ विनयको घरमा काम गरिदिन केटी खोज्न जयप्रकाशलाई आग्रह गरेका थिए । बबिताले घटनापछि केशव सपरिवार विराटनगरबाट भागेकाले आफू सशंकित भएको बताइन् । ‘जयप्रकाश आएर आइसाले विनयको घरमा चोरी गरेकाले आमालाई काठमाडौं जान भने,’ उनले भनिन्, ‘आमाका लागि विनयले जहाजको टिकट पठाइदिएको थियो ।’ आमा काठमाडौं पुगेपछि बल्ल छोरीको मृत्यु भएको जानकारी पाएकी थिइन् । ‘मेरो आमा थारू भाषाबाहेक अन्य भाषा बुझ्नुहुन्न । काठमाडौं पनि पहिलो पटक जानुभएको थियो,’ उनले भनिन्, ‘विनयले आफूअनुकूल सबै ठाउँमा औंठाछाप लगाएर एम्बुलेन्स खोजेर शवसहित आमालाई घर पठायो । परिवारका अन्य सदस्यलाई पनि काठमाडौंमै बोलाएर सदगत गर्न दबाब दिएको तर आफूहरू जान नमानेकाले शव पठाउन बाध्य भएको उनले सुनाइन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले घटना काठमाडौमै भएकाले यसमा आफूहरू केही गर्न नसक्ने बताए ।

 २०७४ फागुन २८ गते ७:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: