समाचारमा बालबालिका

३ हजारको मोबाइल चोर्दा १७ दिन हिरासत

मुलुकी अपराध ९संहिता० ऐनले बाल कसुरलाई कानुनी विवादमा परेका वा बाल बिज्याइँ गरेका भनेर परिभाषित गरेको छ । त्यस्ता बालबालिकालाई हतकडी लगाउन पाइँदैन । बालिगसरह हिरासतमा राख्न बन्देज छ । सट्टामा बाल निगरानी कक्षमा राख्नुपर्छ । जघन्यबाहेक अन्य अपराधमा बालबालिकालाई मुद्दा लाग्दैन । दिशान्तर हुन्छ अर्थात् उनीहरूलाई सामाजिक काममा लगाउनुपर्छ । तर, यस्तो सुविधा यहाँका धेरै बालबालिकाले पाएका छैनन् । त्यसको पछिल्लो उदाहरण चोरी आरोपमा पक्राउ परेका देवदह नगरपालिकाका बालक हुन् । साउन १३ गते १६ वर्षीय २ र १७ वर्षीय १ बालक ३ हजार रुपैयाँ बराबरको मोबाइल चोरीको कसुरमा पक्राउ परे । देवदह प्रहरीले इलाका प्रहरी कार्यालय बुटवल ल्याएका उनीहरूलाई १७ दिन प्रहरी हिरासतमा राख्यो । हातमा हतकडी लगाइयो । बालिग बस्ने कोठामै बसालियो ।बालकहरूले देवदह र बुटवल दुवै प्रहरीमा आफ्नो कुरा राखे । धेरै रोए । तर, प्रहरीले विश्वास गरेन । न त ध्यान दिएरै उनीहरूका कुरा सुन्यो । उनीहरू रुँदा बहाना गरेको भनेर थप यातना दिइयो । ‘ठुल्ठूला दाइ र अंकलले भरिएको कोठामा बस्ने ठाउँ नै पाइँदैनथ्यो,’ हाल हिरासतमुक्त एक बालकले भने, ‘पुलिस अंकलहरू रिसाहा हुनुहुन्थ्यो । नाम भन्नु हुन्नथ्यो । बेलाबेलामा चोर यसो गर्, उसो गर् भन्नुहुन्थ्यो । खुट्टाको बुढीऔंलामाथि बेस्सरी लठ्ठीले कुट्नुहुन्थ्यो ।’घटना विवरणअनुसार साउन १३ गते बिहान तीनै बालक देवदह, खैरेनीमा खेलिरहेका थिए । यसै क्रममा रोकिरहेको लु।२ख ३४०२ ट्रकमा मोबाइल बजेको आवाज आयो । उनीहरूले समाए । वरपर बोलाए । कोही आएन । त्यसपछि मोबाइलमा नम्बर हेर्दै थिए । ट्रक ड्राइभर विनय कुँवर आएर ‘मेरो मोबाइल हो।

२०७६ भदौ १९ गते ९:१९ मा प्रकाशित