A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrp5bcenrn9c107h6b0ukoakgjuk6c8bi): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीले हानेको लाठीले लागेर किशोरीको आँखा फुट्यो

वीरगन्जको नगवामा आइतबार प्रहरी जवानले एक किशोरीको आँखा फुटाई दिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर नम्बर १६ नगवास्थित भुटनदेवीमाई मन्दिरका पूजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुन्नी पासवान दासको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले लाठीले हानेर बाँया आँखा फुटाएका हुन् । आइतबार बिहान ११ बजे तिर मन्दिर नजिकै रहेको आफ्नो गाई गोठमा काम गर्दै गरेको अवस्था प्रहरी जवान झाले हानेको लाठीले लागेर मुन्निको बाँया आँखा फुटेको हो।

प्रहरी जवान झाले लाठी प्रहार गरे लगतै आँखा फुटेर गम्भीर घाइते भएकी मुन्नीलाई अस्पताल पुरयाउनुको सट्टा झा घटनास्थलबाट फरार भएको उनका बुबा भुषणले बताए। मुन्नीका बुबा भुषणले घाइते छोरीलाइ उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याए पनि अवस्था गम्भीर रहेकोले उनलाई परवानिपुरस्थित केडिया आँखा अस्पतालमा लगिएको छ । प्रहरी जवान झा घटना लगत्तै बिदा स्वीकृत गरेर भाग्न खोजे पनि उनलाई प्रकरीले जिल्ला प्रहरी कार्यालयमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी हबल्दार रनबहादुर बमले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले भने भुटनदेवी मन्दिरमा गाजा खाएर बसेका केही युवाहरुलाइ नियन्त्रणमा लिने क्रममा प्रहरी जवान झाले प्रहार गरको लाठी अन्जानमा मुन्नीको आँखामा लाग्न पुग्दा उनी घाइते भएको बताए ।मुन्नीको आँखामा चोट लागेको र उनको उपचार भइरहेको भन्दै प्रहरी उपरीक्षक लिम्बुले भने, ‘प्रहरी जवान झाले जानाजानी किशोरीलाइ लाठी हानेका होइनन्, दुर्भाग्यवश उनलाई लाग्न पुगेको हो, तै पनि घटनाका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।

२०७४ माघ ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: