A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अलपत्र बालिकाको उद्दार

कञ्चनपुरको महेन्द्रनगर बजारमा अलपत्र परेकी एक बालिकाको उद्धार गरिएको छ। बिहीबार बिहान महेन्द्रनगरबाट बाजुराकी १५ वर्षीया राधिका शाहीलाई स्थानीयले उद्धार गरेका हुन्। गाडी चालकले महेन्द्रनगर बसपार्कबाट रिक्सामा चढाएर भीमदत्तनगरस्थित सब्जीमण्डीमा संगीताको मासु पसलमा पठाएको ती बालिकाले बताएकी छिन्। शब्जीमण्डीमा संगीता विष्टको मासुपसल नभेटिएपछि उनी अलपत्र परिकी थिइन्।उनलाई बजारमा अलपत्र अवस्थामा भेटेपछि उद्धार गरिएको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले बताए । उनले वडा प्रहरीलाई खबर गरेपनि प्रहरीसँग डराएपछि उनलाई महिला सेभ हाउसमा राख्ने तयारी भइरहेको बताए। हामीले सब्जीमण्डीमा संगीता विष्टको मासुपसल खोज्दा भेटेनौं, चन्दले भने, उनलाई महिला सेभ हाउसमा राख्ने तयारी भइरहेको छ । अध्यक्ष मदन चन्दका अनुसार आमाको मृत्युपछि बुवाले कुटपिट गर्ने गरेको ती किशोरीले बताएकी छिन्। घरमा बुवाले कुटपिट गर्न थालेपछि आन्टीले बसमा महेन्द्रनगर पठाइ दिएको उनले बताइन्।ती किशोरीलाई बेचबिखनका लागि भारततर्फ लगिन लागेको हुनसक्ने आशंका गरिएको छ।

२०७६ पुष ३ गते १:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: