A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7fnjb5etu2b90i6p5os8dq97bcaqnete): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफूलाई बलात्कार गरेको भन्दै अनाथालय सञ्चालकविरूद्ध अनाथालयकै १४ वर्षीया बालिकाले दिइन् उजुरी

https://www.setopati.com/social/232915 चैत १२  

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा अनाथालय सञ्चालन गर्दै आएका विष्णु चौधरीविरूद्ध प्रहरीमा बालिका बलात्कारसम्बन्धी उजुरी दर्ता भएको छ। 

उनीविरूद्ध अनाथालयकै एक १४ वर्षीया जुम्लाकी बालिकामाथि जबरजस्ती बलात्कार गरेको जाहेरी परेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

‘उजुरी प्रहरीमा बुधबार बेलुका नै आएको हो,’ एसपी चन्दले भने, ‘पीडित बालिकाको मेडिकल गराई बिहीबार उजुरी दर्ता भएको छ।’

चौधरीले अभिभावकविहीन (अनाथ) बालबालिकालाई संरक्षण र शिक्षा दिक्षा दिने भन्दै बिजौरीमा ‘असहाय बाल विकास नेपाल’ नामक अनाथालय सञ्चालन गर्दै आएका छन्। चौधरी उक्त अनाथालयका सञ्चालक हुन्। 

‘त्यही असहाय केन्द्रमा बस्दै आएकी ती बालिकालाई विगत ६ महिनादेखि सञ्चालक चौधरीले पटक/पटक बलात्कार गर्दै आएको भन्ने कुरा पीडितले दिएको जाहेरीमा उल्लेख छ,’ एक प्रहरी अधिकारीले भने, ‘उजुरी दर्ता भइसकेको हुँदा त्यसबारेमा आवश्यक अनुसन्धान अब सुरू हुन्छ।’

एसपी चन्दका अनुसार ती बालिका विगत ३ वर्ष अगाडिदेखि अनाथालयमा बस्दै आएकी थिइन्। 

‘गत चैतदेखि बालिकामाथि चौधरीले पटक/पटक बलात्कार गर्दै आएको खुल्न आएको छ,’ एसपी चन्दले भने, ‘पीडित बालिका अहिले हाम्रो संरक्षणमा छिन्।’

ती बालिकाले आफूमाथि भएको अन्यायमाथि स्थानीय एक महिलालाई बताएकी थिइन्। तिनै महिलाको सहयोगमा ती बालिका प्रहरीमा पुगेर आफूमाथि भएको अत्याचारबारे उजुरी दिएको एसपी चन्दले सेतोपाटीलाई बताए।   

‘बालिकाको कुरा सुनेलगत्तै  हामीले चौधरीलाई खोज्न अनाथालयमा प्रहरी पठायौं, तर चौधरी फेला परेनन्,’ एसपी चन्दले भने, ‘अब हामीले त्यहाँ रहेका अन्य बालबालिकालाई समेत त्यहाँबाट सार्ने तयारी गरेका छौं।’ 

अनाथालयमा भएका अन्य बालबालिकालाई तुलसीपुर उपमहानगरपालिकासँग समन्वय गरी तत्काल उद्दार गर्न आफूले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहलाई निर्देशन दिइसकेको एसपी चन्दले बताए। 

यसअघि चौधरी अर्को एउटा यस्तै बलात्कार मुद्दामा धरौटी बुझाएर छुटेका थिए।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता चधौरी २०७५ साल चैतमा ८८  दिन जेलपछि धरौटी राखेर जमानतमा छुटेका थिए। 

तुलसीपुर १८ बिजौरीका बासिन्दा ३१ वर्षीय चौधरीलाई २०६५ साल चैत १५ गते बिजौरीमा भएको एउटा सामूहिक बलात्कार काण्डमा सर्वोच्च अदालतले २०७२ साल फागुन ३०  गते  ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार जरिवाना समेत तोकेको थियो। 

चौधरीको गाउँ बिजौरीमा भएको उक्त सामूहिक बलात्कार काण्डमा परी जिल्लाकै साविक गढवा गाविस र हाल गढवा गाउँपालिका वडा नं. ६ वढवा निवासी १७ वर्षीया कल्पना खनालको मृत्यु भएको थियो।

बलात्कारपछि विछिप्त अवस्थमा पुगेकी खनालको घटना भएको  ८४ औं दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि राजनीतिक आडमा लुकिछिपी बस्दै आएका चौधरीले जोगिन अनाथालय सञ्चालन गर्दै आएका थिए।

तत्कालीन समयमा २०६५ साल फागुन ३० गते माओवादीले  नै गरेको नेपाल बन्दका कारण घोराहीमा अध्ययनरत खनाल घोराही पुग्ने भनेर पैदल हिँडेर बिजौरीसम्म पुगे पनि बस नपाउँदा प्रतीक्षालयमै बसेको समयमा खनालमाथि सामूहिक बलात्कार भएको थियो।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: