समाचारमा बालबालिका

बलात्कारीलाई १४ वर्ष जेल

जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जबरजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ। अदालतले  आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको बलात्कारपछि हत्याको प्रयास गर्ने १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबरजस्तीकरणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो।  जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जबरजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ। अदालतले  आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको बलात्कारपछि हत्याको प्रयास गर्ने १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबरजस्तीकरणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो। त्यस्तै एक लाख ५० हजार जरिवाना र २ लाख ५० हजार पीडितलाई क्षतिपूर्ती दिनु पर्ने फैसला भएको छ। उनले स्थानीय बालिकाको बलात्कारपछि आँखा फुटाएर हत्याको प्रयास समेत गरेका थिए। त्यस्तै गत साउन महिनामा भोजपुरको अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिय बालिकालाई करणी गरि गर्भवती बनाउने सोही गाउँपालिकाको आरु खर्कका १९ वर्षीय स्थानीय दुर्गाबहादुर श्रेष्ठलाई १२ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ती दिनुपर्ने फैसला गरिएको छ। श्रेष्ठले ७३ साल पुष ९ गते घरमा कोही नभएको मौका छोपी बालिका करणी गरि गर्भवती बनाएका थिए। श्रेष्ठविरुद्ध  प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गराएको थियो।  उनीहरु दुवैलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इन्नामको एकल इजिलासले कैद सजाय सुनाएको हो। याकुकी पीडित बालिका काठमाडौं सिविन नामक सस्थाको संरक्षणमा रहेकी छिन् भने दुम्मानाकी बालिका पनि  उपचार पश्चात अहिले रक्षा नेपाल काठमाडौको संरक्षणमा रहेको महिला तथा बालबालिका कार्यालय भोजपुरकी प्रमुख पुष्पालता उप्रेतीले जानकारी दिईन्। 

२०७४ फागुन १६ गते ४ :२४ मा प्रकाशित