A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेपत्ता बालक भेटिए

घरबाट हराएर भारतको बिहार राज्यस्थित दरभंगा पुगेका एक १२ वर्षीय बालकलाई जिल्ला बालकल्याण समिति सप्तरीको पहलमा त्यहाँबाट सकुशल ल्याई आइतबार परिवारको जिम्मा लगाइएको छ । केही समय अगाडि हराएका सप्तरी जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा घर भएका १२ वर्षीय राजुकुमार खंगलाई उनका बुवा रामअबतार खंगको जिम्मा लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित कार्यक्रममा जिल्ला बालकल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र समितिका सदस्य सचिव बैद्यनाथ झाले बालकलाई उनको बुवाको जिम्मा लगाए । भारत बिहारको लौकहीमा रहेको दिदीको घर जाने क्रममा बालक राजु बाटो बिर्सदै अर्को गाडीमा चढेर बिहारको दरभंगा पुगेर अलपत्र परेका थिए । दरभंगामा ती बालक अलपत्र पाइएपछि स्थानीय बासिन्दाहरूले उनलाई दरभंगा बाल कल्याण समितिको जिम्मा लगाएका थिए । दरभंगा बालकल्याण समितिले सप्तरी बालकल्याण समितिलाई पत्राचार गरी उक्त बालक आफूहरूको संरक्षणमा रहेको बताएपछि बालकल्याण समिति सप्तरीका सचिव बैद्यनाथ झा उनलाई लिन बिहार गएका थिए । बिहारबाट बालक राजुलाई ल्याएर आइतबार उनको बुवाको जिम्मा लगाइएको हो।

२०७५ चैत १८ गते २:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: