समाचारमा बालबालिका

बालिका बलात्कारका फरार अभियुक्त पक्राउ

१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरका एक युवा सोमबार पक्राउ परेका छन्। चैत्र ८ गते साँझ बालिका यौन दुर्व्यवहार गरेको छिमेकीले थाहा पाएपछि फरार रहेका त्रियुगा नगरपालिका ११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई प्रहरीले पक्राउ गरेको हो। आरोपितविरुद्ध पीडित परिवारले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी नायव उपरीक्षक डीएसपी मधुकुमार थापाले जानकारी दिए। पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए।

२०७५ चैत १२ गते ११:४१ मा प्रकाशित