समाचारमा बालबालिका

पहिरोले घर पुरिँदा डेढ वर्षको बालकको मृत्यु

पहिरोले घर पुरिँदा काभ्रेमा डेढ वर्षका बालकको ज्यान गएको छ । मंगलबार राति घरमाथिबाट पहिरो खस्दा मण्डन देउपुर नगरपालिका–१० छापका हेमबहादुर तामाङका डेढ वर्षका छोराको ज्यान गएको हो । प्रहरीले बुधबार बिहान पहिरो हटाएर बालकको शव निकालेको हो । प्रहरीका अनुसार घरका अरु सदस्य भने भागेर बाँच्न सफल भएका छन् । 

२०७५ साउन २३ गते ८:२६ मा प्रकाशित