A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई यौन दुर्व्यवहारको आरोपमा १ जना पक्राउ

https://www.onlinekhabar.com/2021/03/942254 २०७७ चैत १८

१८ चैत, वीरगञ्ज । पर्सामा १० वर्षकी बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माघ २५ गते बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ परेका हुन् ।

मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको ठहर्ने उल्लेख गरेको छ ।

कुर्मीविरुद्ध बाल यौन दुरुपयोगको मुद्दामा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा बाल यौन दुर्व्यबहार भएकोसम्म खुलेको छ’ उनले भने ‘मेडिकल जाँचका लागि बालिकालाई नारायणी अस्पताल पठाएका छौं, रिपोर्टको आधारमा कारबाही प्रक्रिया अघि बढ्छ ।’

गाउँमै मिलाउने प्रयास

घटनालाई गाउँघरमै मिलाउन जनप्रतिनिधि र स्थानीय पञ्चसमेतको रोहबरमा मिलापत्र गरिएको पाइएको छ । दुर्व्यबहारमा परेकी बालिकाको परिवारलाई एक लाख रुपैयाँ दिन सहमत गराएर कुर्मीलाई पञ्चहरुले गाउँबाट भगाएको पनि आरोप लागेको छ । होली मनाउन कुर्मी घर फर्किएपछि घटना बाहिरिएको हो ।

वडा अध्यक्ष प्रभु पटेलले वडा सदस्य कुद्रिश देवानकै उपस्थितिमा पञ्चहरु बसेर छलफल गरेकोे जानकारी आफूले पाएको बताए ।

‘गाउँका पञ्च बसेर बालिकाको परिवारलाई दवाव र आर्थिक प्रलोभनमा पारेर घटना मिलाएका हुन्, वडा सदस्यसमेत गएको सुनेको छु’ उनले भने, ‘जघन्य अपराधको घटनालाई ढाकछोप गर्न खोज्ने वडा सदस्यसहितका पञ्चालाई कारबाही हुनुपर्छ ।’

आरोपितका पक्षले भने राजनीतिक पूर्वाग्रह र पारिवारिक रिसईबीका कारण आरोप लगाएको बताएको छ ।

‘बालिकाको परिवार र आरोपी कुर्मी छिमेकी नै हुन् । पारिवारिक सम्बन्ध त्यति राम्रो छैन । वडा अध्यक्ष र वडा सदस्यहरुको पनि सम्बन्ध ठीक छैन’ एक स्थानीयले भने, ‘त्यसैले आरोप प्रत्यारोप चलेको हुनसक्छ । राजनीतिक घुसपैठ हो वा के हो ? प्रहरीले निष्पक्ष अनुसन्धान गरे दुधको दुध पानीको पानी छुट्टिहाल्छ नि ।’

वडा सदस्य देवानसँग घटनाबारे बुझ्न पटक पटक कल गर्दा समेत उनको फोन उठेन ।

प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यौन जन्य हिंसामा छलफल गरेर मिलापत्र गरेको भए जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘बालिकामाथि भएको यौन जन्य हिंसा अपराध हो, यदि कसैले छलफल गरेर मिलाउन खोजेको भए कारबाहीको दायरामा ल्याइन्छ’, उनले भने ‘आरोपीलाई पक्राउ गरेर ल्याएका छौं, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: