समाचारमा बालबालिका

नारायणी नदीमा डुबेर दुई जना बालकको मृत्यु

https://www.setopati.com/social/263685 फागुन १९

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ।

भरतपुर-७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११/१२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए। 

उनीहरूलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल भरतपुर पुर्‍याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो। 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।