समाचारमा बालबालिका

चट्याङ लागेर एक बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/09/896679, ३१ भदौ २०७७

 

३१ भदौ, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्पर्क

नेपाल सरकार

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बालअधिकार परिषद्

 पुल्चोक, ललितपुर

फोन : ०१-५५५०१२१,५५५०१४७

फ्याक्स : ५५२७५९१

इमेल : contact@ncrc.gov.np;ncrc.council@gmail.com