घटना, सूचना र समाचार

प्रदेश नं. ७ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय प्रदेश नं. ७ र केन्द्रीय बालकल्याण समितिको आयोजनामा प्रदेश सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०७५ जेठ ६ गते प्रदेश राजधानी कैलालीको धनगढीमा सम्पन्न भएको छ । प्रदेश नं ७ का सामाजिक विकास मन्त्री माननीय श्री दीर्घ सोडारीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख सचिव श्री लक्ष्मीराम पौडेल, प्रमुख अतिथि माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्ट, विशिष्ठ अतिथि माननीय सभामुख श्री अर्जुन बहादुर थापा, प्रदेश सभा सदस्यहरु माननीय श्री रतन थापा, माननीय श्री लिलाधर भट्ट, माननीय श्री कृष्णराज सुवेदी, माननीय श्री अम्मर साउद, माननीय श्री माया तामाङ, माननीय श्री सुशिला बुढाथोकी, माननीय श्री हर्क बहादुर कुवर, केन्द्रीय बाकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठ, धनगढी उपमहानगर पालिकाका उपप्रमुख श्री सुशिला मिश्र भट्ट, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ऋषिराम तिवारी, सामाजिक विकास मन्त्रालयका नि.सचिव श्री चेतराज पन्त, केन्द्रीय बालकल्याण समितिका सदस्य श्री विष्णु प्रसाद पाण्डेय र कार्यकारी निर्देशक श्री तारक धिताल, उपसचिव श्री किसान राज चिलुवाल, प्रमुख महिला विकास अधिकृत श्री सन्ध्या राजेश्वरी सिह लगायत बालबालिकाको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधिहरु, बालक्लवका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समतिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले बालअधिकारको सम्मान, संरक्षण,सम्वर्धन र परिपुर्तिका लागि प्रदेश सरकारको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा बालसंरक्षणसंग सम्बन्धित समस्याका कारकतत्वलाई सम्बोधन गरिने रोकथाममूलक कार्यहरु, जोखिममा रहेका बालबालिका तथा परिवार पहिचान गरी जोखिम न्यूनीकरण तथा तुरुन्त समस्या सम्बोधनका लागि सहयोग तथा घटना व्यवस्थापन, बालबालिकाको सर्वेात्तम हितलाई ध्यान दिंदै बालबालिका तथा परिवारलाई विशिष्टीकृत सेवा तथा घटनाको व्यवस्थापन जस्ता समग्र कार्यहरु प्रदेश सरकारको रहेको उल्लेख गर्नुभयो । प्रस्तुतीकै क्रममा बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण, विकास र सहभागिताको अधिकार लगायत बालअधिकारका सबै पक्षहरुमा प्रदेश र स्थानीय तहको अहम भूमिका रहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टज्यूले प्रदेश सरकारले सबै क्षेत्रका बालबालिकाको अवस्थालाई समेटेर नीति, कार्यक्रम र ऐनकानुन बनाउने तयारी गरेको बताउनुभयो । प्रदेश ७ मा गरिबी, अशिक्षा लगायतका कारणले बालअधिकार सुनिश्चित हुन नसकेको हुँदा सामाजिक र आर्थिकस्तर सुधार भए मात्र बालअधिकारलाई सुनिश्चित हुनसक्ने कुरा बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभामुख श्री अर्जुन बहादुर थापाज्यूले बालअधिकारलाई मौलिक हकको रुपमा नेपालको संविधान २०७२ को धारा ३९ मा स्पपष्ट उल्लेख भएको बताउदै, कानुन बनेको भए पनि कार्यान्वयनको पाटो कमजोर भएको उल्लेख गर्नुभयो । उहाँले यसको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले बृहत छलफल गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठज्यूले बालअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र परिपुर्तिका लागि प्रदेश सरकार तथा स्थानियतहले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । कार्यक्रमको समापन समारोहमा बोल्दै सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री दीर्घ सोडारीज्यूले कार्यक्रम समय सापेक्ष र महत्वपूर्ण समयमा आयोजना गरिएको बताउँदै यसबाट प्राप्त हुने सुझावहरु आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरुका साथै तुर्जमा गरिने नीति, कानुनहरुमा सहयोगी हुने बताउँदै कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै केन्द्रीय बालकल्याण समितिलाई आगामी दिनमा समेत समन्वय, सहकार्यका लागि अनुरोध गर्नुभयो । बालसंरक्षणलाई प्रभावकारी रुपमा स्थापना गर्न मन्त्रालयमा थप शाखा÷महाशाखाको आवश्यकता रहेको बताउँदै सहभागी सबैलाई सहयोको लागि धन्यवाद प्रदान गर्नुृभयो । 

 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed