A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

प्रदेश नं. ६ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनमा मिति २०७५ बैशाख २८ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी १ दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बालअधिकारको क्षेत्रमा हालसम्म भएका उपलब्धि, असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्नुका साथै प्रदेश सरकार र बालअधिकारसम्बन्धी कार्य, कानूनी तथा नीतिगत व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो । प्रदेश नं ६ को सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री दल रावलज्यूको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव श्री गिरीजा शर्मा, प्रमुख जिल्ला अधिकारी श्री सिताराम कार्की, प्रहरी प्रमुख श्री उमा प्रसाद चतुर्वेदी, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धिताल, केन्द्रीय बालकल्याण समितिका सदस्य श्री विष्णु बहादुर वि.क लगायतको आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव श्री गिरीजा शर्माज्यूले स्वागत गर्दै सरोकारवाला निकाय संस्थाहरुबीच बालबालिकाको विषयमा बृहत छलफल गरी आगामी विकास प्रयासका लागि समबुझाई विकास गर्नु आवश्यक रहेको बताउनुभयो । सो स्वागत मन्तव्यपछि केन्दीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले बालअधिकारको सम्मान, संरक्षण, परिपुर्ति र पालनाका लागि प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुतीको क्रममा उहाँले बालअधिकारको अवधारणा, नीतिगत व्यवस्था र प्रगति, प्रदेश सरकार र बालअधिकार सम्बन्धी कार्य विस्तृतीकरण प्रतिवेदन तथा संविधानमा उल्लेखित प्रावधानहरु, बालबालिका सम्बन्धी मुख्य विषय तथा सवालहरु, प्रदेश सरकारले बालबालिका सम्बन्धी बनाउन सक्ने नमुना नीतिहरु, के.बा.क.समितिले सञ्चालन गरेका कार्यक्रमहरु लगायत प्रदेश सरकारले ध्यान दिनुपर्ने कुराहरुका बारेमा प्रष्ट पार्नुभयो ।

यसैगरी सम्बोधनको क्रममा प्र.जि.अ श्री सिताराम कार्कीज्यूले मुलुकले सक्षम नागरिक उत्पादन गर्ने हो अनि नागरिकलेनै समुन्नत मुलुक निर्माण गर्ने भएकोले दक्ष र कर्मठ नागरिक निर्माणमा बालबालिकाको लागि उचित लगानी गर्नुपर्ने कुरा बताउनुभयो । यस्तै उहाँले बालबालिकाको समस्या सम्बोधन गर्नका लागि जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय आवश्यक नीतिगत तथा कार्यक्रमगत प्रयास गर्नका लागि हरदम तयार रहेको बताउनु भयो । सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री दल रावलज्यूले नेपालले बालबालिका सम्बन्धी अन्तराष्ट्रिय सन्धि, अभिसन्धि र महासन्धिहरु हस्ताक्षर गरे तापनि कार्यान्वयनको पक्ष फितलो रहेको हुँदा अपेक्षाकृत नतिजा हाँसिल हुन नसकेको कुरा उल्लेख गर्दै सन्धि, अभिसन्धि र महासन्धिहरुको स्थानीयकरण गरिनु पर्ने कुरामा जोड दिनुभयो । बालअधिकारको संरक्षण तथा सम्वर्धनका लागि सामाजिक विकास मन्त्रालय सम्बद्ध सबैसंग समन्वय, सहकार्य गर्दै जिम्मेवारी र उत्तरदायित्व वहन गर्न सदैव तत्पर रहेको बताउनुभयो । यस्तै कार्यक्रममा सहभागीहरु बीच खुल्ला छलफलका क्रममा, कार्यक्रम लक्षित समूहको पहिचान र सहभागिता सुनिश्चित गरिनुपर्ने, कर्णाली प्रदेशका मुख्य समस्याहरु बालविवाह, बालमैत्री व्यवहारको कमी, सडक बालबािलका, बालगृह, आत्महत्या, बालश्रम, देहव्यापार, यौनशोषण, चोरीमा बालबालिका, विद्यालय छाड्ने जस्ता विषयमा पनि व्यापक छलफल भएको थियो ।

 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: