A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionetma8fuuhj4974s7vi2po1crdfvs47go): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

प्रदेश नं ४ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनमा मिति २०७५ जेठ २ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी १ दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बालअधिकारको क्षेत्रमा हालसम्म भएका उपलब्धि, असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्नुका साथै प्रदेश सरकार र बालअधिकारसम्बन्धी कार्य, कानूनी तथा नीतिगत व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो ।

प्रदेश नं ४ सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री नरदेवी पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री श्री हरी बहादुर चुमान, विशेष अतिथि प्रदेश नं ४ की माननीय उपसभामुख श्री सृजना शर्मा, केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठ, केन्द्रीय बालकल्याण समितिका सदस्य श्री खीमा खनाल, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धिताल, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका उपसचिव श्री दीपेन्द्र ढकाल, पोखरा लेखनाथ महानगरपालिका ६ का वडा अध्यक्ष श्री जगतबहादुर पहारी, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष श्री पदमराज पहारी तथा गैरसरकारी संस्थाका पदाधिकारी र अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले बालअधिकारको सम्मान, संरक्षण, परिपुर्ति र पालनाका लागि प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुतीको क्रममा उहाँले बालअधिकारको अवधारणा, नीतिगत व्यवस्था र प्रगति, प्रदेश सरकार र बालअधिकार सम्बन्धी कार्य विस्तृतीकरण प्रतिवेदन तथा संविधानमा उल्लेखित प्रावधानहरु, बालबालिका सम्बन्धी मुख्य विषय तथा सवालहरु, प्रदेश सरकारले बालबालिका सम्बन्धी बनाउन सक्ने नमुना नीतिहरु, केन्द्रीय बालकल्याण समितिले सञ्चालन गरेका कार्यक्रमहरु लगायत प्रदेश सरकारले ध्यान दिनुपर्ने कुराहरुका बारेमा प्रष्ट पार्नुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री श्री हरि बहादुर चुमानज्यूले प्रदेश सरकार बालअधिकार सम्बन्धी कानुन निर्माण गर्ने क्रममा रहेको हँुदा यस्ता कार्यक्रमले थप सहयोग पुगेको बताउँदै उहाँले बालबालिकाको क्षेत्र अति संवेदनशील रहेकाले प्रदेश सरकार यस क्षेत्रको विद्यमान समस्या हटाउन बालमैत्री ऐन, कानुन, नीति निर्माणमा जुट्ने बताउनुभयो । यस्तै माननीय उपसभामुख श्री सृजना शर्माज्यूले बालबालिकाको सवाल प्राथमिकतामा नपरेको हुँदा आफूलाई दुःख लागेको बताउँदै कानुन निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बालमैत्री कानुन निर्माण गरी कानुनलाई व्यवहारमा उतार्न समेत सबैलाई आग्रह गर्नुभयो । यसैगरी केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठज्यूले बालबालिकाको सवाललाई कानुनी र व्यवहारिक रुपमा कार्यान्वयन गराउन केन्द्रीय समितिको पहल सधै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै कार्यक्रममा अध्यक्ष एवम् सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री नरदेवी पुनज्यूले बालबालिकाको संरक्षणको अधिकार अब बन्ने ऐन कानुनमा पूर्ण प्रत्याभूति गरिने उल्लेख गर्नुभयो । अनाथ बालबालिका, अलपत्र अवस्थामा फेला परेका, बाबुआमाबाट अलग्गिएका वा बाबुआमा पत्ता नलागी बेवारिसे अवस्थाका बालबालिकाको संरक्षणमा तीनै तहको सरकार जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा सहभागी विभिन्न वत्ताहरुले स्थानीय तहबाट पहिचानविहीन बालबालिकाहरुको जन्मदर्ता र नागरिकताको व्यवस्था हुनुपर्ने बताउँदै नागरिकता र जन्मदर्ता नभएका कारण पहिचान विहीन बालबालिका प्राविधिक शिक्षाबाट वञ्चित हुनुपरेको गुनासो सुनाउँदै सरोकारवाला सबैको ध्यानाकर्षण गर्नुभयो । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: