A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionetma8fuuhj4974s7vi2po1crdfvs47go): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

प्रदेश नं. २ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ र केन्द्रीय बालकल्याण समितिको आयोजनामा प्रदेश सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०७५ जेठ ९ गते जनकपुरधाममा सम्पन्न भएको छ । माननीय सामाजिक विकास मन्त्री श्री नवलकिशोर साहज्यूको अध्यक्षता एवम् माननीय मुख्य मन्त्री श्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव श्री हरि फुँयाल, प्रदेश सभासदहरु श्री रानी शर्मा, श्री सुरिता कुमारी साह, श्री अन्जु कुमारी, श्री निरा कुमारी साह, प्रदेश मन्त्रालयका सचिवहरु, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धिताल, जिल्ला समन्वय समिति, धनुषाका प्रमुख श्री रामदेव बनरैत यादवल लगायत महानुभावहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी एवम् बालकल्याण समितिका अध्यक्षहरु, ती जिल्लाका महिला विकास अधिकृत एवम् बालकल्याण अधिकारीहरु, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, शाखा प्रमुख, केन्द्रीय बालकल्याण समितिका प्रदेश नं. २ का कर्मचारीहरु, धनुषा जिल्ला स्थित बालबालिकासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, श्रम लगायत निकायका प्रमुख एवम् प्रतिनिधिहरु, पत्रकार महासंघका प्रतिनिधि, अन्य संचारकर्मीहरु, जिल्ला बालक्लब सञ्जाल, धनुषाका प्रतिनिधिहरु लगायत अन्य सरोकारवालाहरु समेत गरी करिब १०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि प्रदेश सरकार शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दे बालअधिकार, नेपालमा तथा प्रदेश नं. २ का बालबालिकाको अवस्था, बालबालिका सम्बन्धी नीतिगत व्यवस्था, बालअधिकारका लागि प्रदेश र स्थानीय सरकार, प्रस्तावित संरचना लगायतका विषयवस्तु राख्नु भएको थियो भने प्रदेश नं. २ सामाजिक विकास मन्त्रालयका सचिव श्री डा. किरण रुपा खेतीज्यूले बालअधिकारको संरक्षण र प्रवर्धन का लागि भविष्यको कार्य दिशा शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दे बालअधिकारका सिद्धान्त, प्रदेश नं. २ का बाल संरक्षणका सवाल तथा मुद्दाहरु, बाल संरक्षणमा अबको बाटो लगायतका विषयवस्तुमा प्रकाश पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै प्रदेश नं. २ का माननीय मुख्यमन्त्री श्री लालबाबु राउतज्यूले भोलिको भविष्यको रुपमा रहेका बालबालिकाका सवाललाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन हुनु पर्नेमा जोड दिँदै मुलुकका अन्य प्रदेशको भन्दा प्रदेश नं. २ का बालबालिकाको अवस्था विकराल रहेको तर्फ इंगित गर्दै यो अवस्थालाई सुधार गर्नकै लागि प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ जस्ता कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको बताउनु भयो । परिवर्तनको सुरुवात आफैबाट गर्न आव्हान गर्दे बालबालिकाका विषयलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय श्री नवल किशोर साहज्यूले प्रदेश सरकारले नीति निर्माणको पूर्व सन्ध्यामा आयोजित कार्यक्रमको सान्र्दभिकता महत्वपूर्ण रहेको चर्चा गर्दै कार्यक्रममा व्यक्त विचार र भावनाको उचित्त सम्बोधन गरिने बताउनु भयो । आजका बालबालिका नै भोलीका पूर्ण मानव हुन् त्यसैले उनीहरु प्रति हामी सबैको सम्बेदनशिलता आवश्यक पर्ने तर्क राख्दै आर्थिक पक्षले मात्र बालबालिकाका लागि काम गर्न अवरोध न पु¥याउने बताउँदै उहाँले साकारात्मक सोचका साथ अघि बढेमा सफलता हात पार्न सकिने बताउनु भयो ।

कार्यक्रमको खुला छलफलमा भाग लिँदै सिरहाका प्र.जि.अ. श्री रुद्र प्रसाद पंडित, बाराका प्र.जि.अ. श्री विजय नारायण मानन्धर, जिल्ला बालक्लब सञ्जालका प्रतिनिधि, मानवअधिकार आयोगका प्रतिनिधि लगायतका सहभागिहरुले बालबालिकाका सवालहरु, सामाधानका उपायहरु र आगामी नीति तथा योजनामा समेटिनुपर्ने विषयहरु प्रस्तुतगर्नु भएको थियो । कार्यक्रमको संचालन मन्त्रालयका म.वि.अ.हसिना पराजुलीले गर्नु भएको थियो भने खुला छलफलको सहजीकरण एवम् कार्यक्रमको निचोड÷धन्यवाद ज्ञापन मन्त्रालयका सचिव डा. किरण रुपाखेतीले गर्नुभएको थियो । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: