A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionetma8fuuhj4974s7vi2po1crdfvs47go): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

प्रदेश नं १ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनामा मिति २०७५ बैशाख २५ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बालअधिकारको क्षेत्रमा हालसम्म भएका उपलब्धि, असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्नुका साथै प्रदेश सरकार र बालअधिकारसम्बन्धी कार्य, कानूनी तथा नीतिगत व्यवस्थाबारे व्यापक छलफल भएको छ । प्रदेश नं. १ का सामाजिका विकास मन्त्री माननीय श्री जीवन घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना सचिव, सामाजिक विकास सचिव, केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठज्यू, केन्द्रीय बालकल्याण समितिका सदस्य श्री सौभाग्यदेवी राईज्यू, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यू, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, शाखा प्रमुखहरु, मोरङ्ग, सुनसरी र ईलाम जिल्लामा कार्यरत गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार लगायत बालकल्ब सञ्जालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले प्रदेश सरकार र बालअधिकार संरक्षण र सम्वद्र्धन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो थियो ।

उक्त कार्यपत्र माथि सामाजिक विकास मन्त्रालयका सचिव श्री वाशुदेव शर्माज्यूले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय बालअधिकारको विषयमा संवेदनशील रहेको र प्रदेश सरकारले बालबालिकाको विषयमा ऐन कानुन तथा नीतिहरु तर्जुमा गर्ने प्रक्रियामा रहेकोले केन्द्रीय बालकल्याण समिति लगायत बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुको सुझाव तथा सल्लाहहरुलाई मन्त्रालयले पृष्ठपोषणको रुपमा लिइने बताउनुभयो । त्यसैगरी केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठज्यूले केन्द्रीय बालकल्याण समिति नेपाल सरकारको बालअधिकारको विषयमा कार्य गर्ने ऐनले बनाएको संयन्त्र भएकोले यसको विशिष्टकृत भूमिका रहेको र यसले विगतमा गरेको कार्यहरुको अनुभवले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सहयोग पुग्ने विचार राख्नु भयो । कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सामाजिक विकास मन्त्री माननीय श्री जीवन घिमिरेज्यूले प्रदेश नं. १ ले प्रदेशगत तथ्यांक तथा सूचनाहरु प्राप्त भएको र मन्त्रालयको लागि सन्दर्भ सामाग्रीहरु उपलब्ध भएकोमा आभार व्यक्त गर्नु भयो । यस्तै प्रदेश नं १ बालअधिकारको विषयमा संवेदनशील रहेकोे तर बाटो थाहा नभएर अल्मलिएको अवस्थामा यस कार्यक्रमले बाटो तय गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समग्र बालबालिकाको क्षेत्रमा १ नम्बर प्रदेशको सूचना र सन्दर्भ सामाग्रीहरुले यस प्रदेशको बालबालिकाहरुको नीति तर्जुमा गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: