A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session77009s95dfvbvd7fmjp8o3phmdlj6ivo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

प्रेस विज्ञप्ति(२०७५/०१/०५)

“एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाईको स्थायित्व” भन्ने नारालाई साकार पार्न आज मिति २०७५ वैशाख ५ गते प्रदेश नं २ अन्तर्गत सिरहा जिल्लाको राम दुलारी माध्यमिक विद्यालय, कल्याणपुरमा सम्मानीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विद्यार्थी भर्ना अभियान कार्यक्रम २०७५ सम्पन्न भएको छ । कार्यक्रममा सम्मानीय प्रधानमन्त्रीज्यूबाट २ जना, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट १ जना र प्रदेश नं २ का मुख्यमन्त्री र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूबाट १/१ जना गरी जम्मा ५ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरी अभियानको प्रारम्भ गरिएको थियो । 
विद्यार्थी भर्ना अभियानमा ऐक्यवद्धता जनाउँदै उक्त गरिमामय कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिको तर्फबाट कार्यकारी निर्देशक श्री तारक धितालले १० जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको शैक्षिक निरन्तरतालाई कायम गर्ने प्रतिवद्धता जनाउनु भयो । “सुनिश्चत बालअधिकारः सम्बृद्ध नेपालको आधार” भएकोले यस राष्ट्रिय अभियानमा सबैको सहभागिताको लागि आह्वान गर्दै केन्द्रीय बाल कल्याण समितिले सातवटै प्रदेशका १०/१० जना बालबालिकाको अभिभावकत्वको ग्रहण गर्नेछ । यस सन्दर्भमा केन्द्रीय बाल कल्याण समिति सबै जिल्ला बाल कल्याण समिति तथा बालबालिकाको क्षेत्रमा  क्रियाशील सम्पूर्ण संघसंस्था एवम् व्यक्तिहरुलाई समेत यस अभियानमा सरिक हुन हार्दिक अनुरोध गर्दछ । साथै, आफू कार्यरत क्षेत्र वरिपरि विद्यालय जाने उमेरका कोही बालबालिका बाहिर भए सोको पहिचान गरी विद्यालय भर्ना गर्न तथा विद्यालयमा टिकाई राख्न आ–आफ्नो तर्फबाट योगदान गर्दै अभिभावकत्व ग्रहणमा थप सहयोग पु¥याउनु हुन समेत सम्बद्ध सबैमा हार्दिक अनुरोध छ । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: