A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9hc3emv39sokeqnig2k5h060mfh454fe): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोह सम्पन्न

“सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७५ देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिको संयुक्त आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवस २०७५ मूल समारोह भव्यताका साथ सम्पन्न भएको छ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापा मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री बुद्धि बहादुर खड्का, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष श्री बबिना श्रेष्ठ, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक श्री बिनिता भट्टराई, नागरिक समाजका प्रतिनिधि श्री गौरी प्रधान, बालप्रतिनिधि श्री सबिता थापा, सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, बालबालिका, बालअधिकारकर्मी एवम् पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बाल दिवसको अवसरमा समस्त नेपाली बालबालिकालाई बधाई तथा शुभकामना दिँदै दीगो शान्ति प्राप्त गर्न हरेक पुस्ता शारीरिक र मानसिक रुपले सक्षम हुन आवश्यक रहेको र यसका लागि बाल बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता आधारभूत बालअधिको संरक्षण र प्रर्वधन गर्ने कार्यक्रम कार्यान्वयनमा सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले कञ्चनपुरको निर्मला पन्त घटनाले आफूलाई अत्यन्तै दुःखित तुल्याएको बताउँदै बालबालिका सम्बन्धी हक अधिकारका विषयहरु कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानून निमार्ण गरी सो को प्रभावकारी कार्यान्वयनबाट बालबालिका विरुद्ध हुने हिंसा, शोषण र दुव्र्यवहार हुनबाट संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री थममाया थापाज्यूले बालअधिकारको मुलभूत पक्षलाई आत्मसात् गर्दै सरकारका नीति तथा कार्यक्रममा सकेसम्म समयानुकूल परिवर्तन र समायोजन गरी बालमैत्री वातावरण सृजना गर्नेतर्फ नेपाल सरकार निरन्तर अग्रसर रहने कुरा बताउनु भयो । यसैगरी, स्वागत मन्तव्यकै क्रममा मन्त्रालयका सचिव श्री बुद्धि बहादुर खड्काज्यूले बालबालिकाको विषय सबैको सरोकारको विषय भएको हुँदा बाल अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन, परिपूर्ति र पालनाका लागि सबैको जिम्मेवारी, प्रतिवद्धता, क्रियाशीलता र संवेदनशीलताको लागि अनुरोध गर्दै बालअधिकार सम्मत कार्यक्रमहरुको व्यवहारिक कार्यान्वयनको पूर्ण सफलताको कामना गर्दै राष्ट्रिय बाल दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष श्री बबिना श्रेष्ठज्यूले बालबालिकालाई राष्ट्रिय बाल दिवस २०७५ को शुभकामना दिदै सुखी, समृद्ध र समुन्नत समाज निर्माण गर्न सम्पूर्ण बालबालिकाको बालअधिकार सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिँदै यसका लागि संघ, प्रदेश, स्थानीय गरी तीनै तहको सरकार, निकाय, संस्थाहरु बीच समन्वय, सहयोग, सहकार्य र सहजीकरण निरन्तर गर्नुपर्ने आवश्यकता टड्कारो रुपमा रहेको बताउनु भयो । नागरिक समाजका प्रतिनिधि श्री गौरी प्रधानज्यूले विद्यमान कानून तथा नीतिहरु स्रोत र साधनको अभावमा बाल हित सम्बन्धी जति राम्रो योजना, कार्यक्रम बनाएता पनि प्रभावकारी हुन नसक्दा बाल यौन दुव्र्यवहार, हिंसा, शोषण जस्ता आदि समस्याहरु जल्दोबल्दो रुपमा रहेको बताउँदै यी र यस्ता समसामयिक विषयहरुलाई सम्बोधन नगर्ने हो भने बालबाललिकाका विषयहरु नारामा मात्र सिमित रहने बताउनुभयो । यसैगरी, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक श्री बिनिता भट्टराईज्यूले सम्पूर्ण नेपली बालबालिकालाई शुभकामना व्यक्त गर्दै बालबालिकाको हक अधिकार संरक्षित हुन आर्थिक, समाजिक विकासका हरेक पक्षलाई बालमैत्री आँखाबाट हेरिनुपर्ने कुरामा जोड दिई बालबालिकाको क्षेत्रमा भएको प्रगति तथा अवस्था बारे तुलनात्मक तथ्याङ्क प्रस्तुत गरी विभिन्न सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी घटनाहरुको तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो । 

देशभरिकै बालबालिकाको तर्फबाट १५ वर्षीया बालिका सबिता थापाले : “हाम्रो देशमा म जस्ता अपांगता भएका बालबालिकाका लागि विशेष खालको सेवा आवश्यक छ, सेवा उपलब्ध गराउन विभिन्न संघसंस्था र निकाय भएता पनि अशक्त तथा अपांगता भएका व्यक्तिहरूले उचित प्रकारको शिक्षा, उपचार, स्याहार र अवसरबाट वञ्चित हुनुपर्ने अवस्था छ, यस्ता बालबालिकाको आवासीय सुविधा सहितको व्यवस्था गर्न राज्यले सोच्नु पर्ने बेला आएको छ, अपांगता भएका बालबालिकाहरूले कस्तो मानसिक पीडा बेहोर्नु पर्छ भन्ने कुरा उनीहरूलाई मात्र थाहा हुन्छ, अतः यस्तो अवस्थाको अन्त्य होस् र समग्र बालबालिकाको संरक्षणमा राज्यको ध्यान पुगोस भनी बाल अवाज सुनाउनु भयो ।

पहिलो चरणको औपचारिक कार्यक्रम पश्चात पनि बालबालिकाले विभिन्न खाले नाटक, पपेट शो, धुन र नृत्य प्रस्तुत गरेका थिए ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: