A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

संघीय संसदको महिला तथा सामाजिक समितिका माननीय सदस्यहरुसंगको बालबालिकाको विषयमा अन्तरक्रिया कार्यक्रम

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको संयुक्त आयोजनामा मिति २०७५ भदौ १२ गतेसंघीय संसदको महिला तथा सामाजिक समितिका माननीय सदस्यहरुसंगको बालबालिकाको विषयमा अन्तरक्रिया कार्यक्रम नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १६ जना महिला तथा सामाजिक समितिका माननीय सदस्यज्यूहरु, राष्ट्रिय योजना आयोगका माननीय सदस्यज्यू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकासचिवज्यू, केन्द्रीय बाल कल्याण समितिका अध्यक्षज्यू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिवज्यूहरु, उप–सचिवज्यूहरु, केन्द्रीय बालकल्याण समितिका कर्मचारीहरु लगायत ३२ जना सहभागीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवज्यूले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै यस कार्यक्रमले माननीय सदस्यज्यूहरुमा बालसंवेदनशीलता अभिवृद्धि हुने र आगामी दिनमा बालबालिका सम्बन्धी नीति तथा कार्यक्रममा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव श्री बीर बहादुर राईज्यूले बाल अधिकार सम्बन्धमा विद्यमान व्यवस्था, कार्यान्वयन र मन्त्रालयबाट गरिएका मुख्य मुख्य क्रियाकलापहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय बाल कल्याण समितिका अधिकृत श्री राम बहादुर चन्दज्यूले केन्द्रीय बालकल्याण समितिको संक्षिप्त परिचय तथा समितिबाट सञ्चालित कार्यक्रमहरुको मुख्य मुख्य प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा प्रस्तुत गरिएका विषयहरुमा माननीय सदस्यज्यूहरुले बाल सुधार गृहमा रहेका बालबालिकालाई शिक्षा तथा स्वास्थ्यसंग समेत जोडिनुपर्ने, गैर सरकारी र सरकारी निकायको भूमिका स्पष्ट पार्नुपर्ने र बालबालिकाको विकास प्रयासमा जहिल्यै पनि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, बालबालिका सम्बन्धी ईकाईहरुको व्यवस्थापनमा संविधानसंग मिल्ने गरी तोकिएको संरचना अनुसार नै लैजानुपर्ने, बढी भन्दा बढी विषयहरुमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउनुपर्ने लगायतका महत्वपूर्ण सुझावहरु दिनुभएको थियो । 

कार्यक्रमको समापनमा महिला तथा सामाजिक समितिका ज्येष्ठ माननीय सदस्य श्री नन्दलाल रोका क्षेत्रीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सुन्दा सामान्य लाग्ने मन्त्रालय भएता पनि यसको दायरा बृहत रहेको बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व गर्ने मन्त्रालयको विषयहरु बृहतरहने भएकाले यसका ४/५ वटा विषयमा पुनःविस्तृत छलफल गर्नुपर्ने बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।  

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: