A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

स्थानीय तहमा बालसंरक्षण तथा बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम

केन्द्रीय बालकल्याण समितिको आयोजना तथा जिल्ला बालकल्याण समिति एवम् महिला तथा बालबालिका कार्यालय डडेल्धुराको समन्वयमा मिति २०७५ जेठ १५ गते जिल्ला बालकल्याण समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख एवम् स्थानीय समन्वय समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा स्थानीय तहमा बालअधिकारमा आधारित सहभागिता मूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहजीकरण गर्न केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक, कार्यक्रम व्यवस्थापक र परियोजना संयोजक लगायतको सहभागिता रहेको थियो । 

जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री मोहनराज जोशीज्यूको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख श्री गणेशराज भट्टज्यूको प्रमुख आतिथ्यता, अमरगढी नगरपालिकाका प्रमुख श्री विशेश्वर प्रसाद ओझाज्यू तथा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा अधिकारी, जनस्वास्थ्य अधिकृत, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, बालकल्याण अधिकारी, अमरगढी नगरपालिकाका सबै वडाका अध्यक्ष, प्रशासकीय अधिकृत, बालबालिका, पत्रकार, गैसस महासंघका प्रतिनिधिका साथै बालबालिका केन्द्रित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बालकल्याण अधिकारी श्री शारदा भट्टराईज्यूले स्वागत गर्नु भएको थियो भने केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले संघीय संरचनामा बालबालिका सम्बन्धी कार्यक्रम र स्थानीय तहमा बालसंरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको । कार्यपत्रमा नेपालमा बालबालिकाको क्षेत्रमा भएका प्रगति तथा चुनौति, नेपालको संविधानमा बालअधिकार, बालबालिका सम्बन्धी विद्यमान कानूनहरु तथा निति, स्थानीय सरकार र बालअधिकार संरक्षण तथा पालनाहरु, बालसंरक्षण सम्बन्धी सेवाप्रवाहको लागि स्थानीय तहमा हुनु पर्ने बालबालिका सम्बन्धी अभिलेख तथातथ्याङ्क, परिवर्तित संघीय संरचनामा अवसर, जोखिम अनि चुनौति, लगायत सरोकारवाला निकायको भूमिकाका बारेमा उल्लेख गर्नुभयो । साथै उहाँले जिल्ला बालकल्याण समतिलाई धन्यवाद दिँदै संघीयतामा बालबालिकाको विषयले उत्तिकै प्राथमिकता नपाउने हो कि भन्ने डर भैरहेको बेलामा यो कार्यक्रमले यस जिल्लामा बालबालिकाको विषयलाई योजना तथा कार्यक्रममा उचित प्राथमिकतामा राखी बालबालिकाको लागि समय, सोच, र स्रोतको लगानी गर्न उचित वातावरण तयार गर्नेछ भन्ने विश्वास व्यत्त गर्दै बालबालिकाको विषय सबैसंग सम्बन्धित रहेको हुँदा सबैमा साझा बुझाईको विकास गर्दै बालमैत्री शासनको स्थापनामा सहयोग गर्न समेत आग्रह गर्नुभयो । यसैगरी कार्यक्रममा दोस्रो कार्यपत्र प्रस्तुतीको क्रममा केन्द्रीय बालकल्याण समितिका परियोजना संयोजक श्री आत्माराम थापाज्यूले बालअधिकारमा आधारित सहभागिता मूलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

दुबै कार्यपत्रको प्रस्तुती पश्चात सहभागीहरु बीच खुल्ला छलफल गरिएको थियो भने डडेल्धुरा जिल्लामा बालबालिकासंग सम्बन्धित सवालहरु तथा ती सवालहरुको सम्बोधनका लागि स्थानीय तहको भूमिका तथा बालमैत्री योजना निर्माण सम्बन्धमा साझा बुझाई विकास भएको थियो । डडेल्धुराका जिल्ला समन्वय प्रमुख श्री गणेशराज भट्टज्यू, प्रमुख जिल्ला अधिकारी श्री मोहनराज जोशीज्यू, अमरगढी नगरपालिकाका प्रमुख श्री विशेश्वर प्रसाद ओझाज्यूले भोलिको मुलुकको समृद्धिका खाका कोर्ने वर्ग नै बालबालिका भएको हुँदा बालबालिकाको लागि समय, सोच र स्रोतको उचित लगानी गर्दै हरेक स्थानीय तहमा बालमैत्री योजना तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साथै नीतिगत, कार्यक्रम गत तथा बजेट प्राथमिकतामा बालबालिकाको विषयलाई उच्च स्थानमा राख्ने समेत उद्घोष गर्नु भयो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: