A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9hcfma9gj7t9sa2o1mtu6b9vif8phec5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

स्थानीय तहमा बालसंरक्षण तथा बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम

केन्द्रीय बालकल्याण समितिको आयोजना तथा जिल्ला बालकल्याण समिति एवम् महिला तथा बालबालिका कार्यालय बझाङ्गको समन्वयमा मिति २०७५ जेठ १६ गते जिल्ला बालकल्याण समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख एवम् निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा स्थानीय तहमा बालसंरक्षण तथा बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहजीकरण गर्न केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक, कार्यक्रम व्यवस्थापक र परियोजना संयोजकलगायतको सहभागिता रहेको थियो । 

जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री प्रेमसिंह कुँवरज्यूको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख श्री जन्मजय जोशीज्यूको प्रमुख आतिथ्यता, तथा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख, शिक्षा अधिकारी, जनस्वास्थ्य अधिकृत, प्रहरी प्रमुख, जय पृथ्वीबहादुर नगरपालिकाका केही वडाका अध्यक्ष, प्रशासकीय अधिकृत, बालबालिका, पत्रकार, गैसस महासंघका प्रतिनिधिका साथै बालबालिका केन्द्रित संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले संघीय संरचनामा बालबालिका सम्बन्धी कार्यक्रम र स्थानीय तहमा बालसंरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको । कार्यपत्रमा नेपालमा बालबालिकाको क्षेत्रमा भएका प्रगति तथा चुनौति, नेपालको संविधानमा बालअधिकार, बालबालिका सम्बन्धी विद्यमान कानूनहरु तथा निति, स्थानीय सरकार र बालअधिकार संरक्षण तथा पालनाहरु, बालसंरक्षण सम्बन्धी सेवा प्रवाहको लागि स्थानीय तहमा हुनु पर्ने बालबालिका सम्बन्धी अभिलेख तथा तथ्याङ्क, परिवर्तित संघीय संरचनामा अवसर, जोखिम अनि चुनौति, लगायत सरोकारवाला निकायको भूमिकाका बारेमा उल्लेख गर्नुभयो । यसैगरी कार्यक्रममा दोस्रो कार्यपत्र प्रस्तुतीको क्रममा के.बा.क.समितिका परियोजना संयोजक श्री आत्माराम थापाज्यूले बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुबै कार्यपत्रको प्रस्तुती पश्चात सहभागीहरु बीच खुल्ला छलफल गरिएको थियो भने बझाङ्ग जिल्लामा बालबालिकासंग सम्बन्धित सवालहरु तथा ती सवालहरुको सम्बोधनका लागि स्थानीय तहको भूमिका तथा बालमैत्री योजना निर्माण सम्बन्धमा साझा बुझाई निर्माण गरिएको थियो । यस्तै जिल्ला समन्वय समिति, बझाङ्गका कार्यकारी प्रमुख श्री जन्मजय जोशीज्यू, प्रमुख जिल्ला अधिकारी श्री प्रेमसिंह कुँवरज्यूले भोलिको मुलुकको समृद्धिका खाका कोर्ने वर्ग नै बालबालिका भएको हुँदा बालबालिकाको लागि समय, सोच र स्रोतको उचित लगानी गर्दै हरेक स्थानीय तहमा बालमैत्री योजना तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको  । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: