A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बाल साहित्य र बाल सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

केन्द्रीय बालकल्याण समितिको आयोजना एवम् बाल सञ्चार केन्द्र र नेपाल बाल साहित्य समाजसंगको सहकार्यमा मिति २०७४/९/१८ गते सपन्न बाल साहित्य र बाल सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई असर पार्ने खालका सामाग्री प्रस्तुत नगर्न बाल सरोकारवालाहरुले सबैलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा बालअधिकारकर्मी, साहित्यकार एवम् पत्रकारहरुको उत्साहजनक उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सहजीकरण केन्द्रीय बालकल्याण समितिका राष्ट्रिय सल्लाहकार श्री ज्ञानेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो ।

केन्द्रीय बालकल्याण समिति, सूचना विभाग, नेपाल पत्रकार महासंघ र नेपाल प्रेस काउन्सिलले निकै प्रयास गरेर बालमैत्री सञ्चार निर्देशिका तयार पारेको जानकारी गराउँदै केन्द्रीय बालकल्याण समितिका परियोजना संयोजक श्री आत्मराम थापाले उक्त निर्देशिकामा बालबालिकाको अश्लील समाग्री प्रस्तुत गर्न नहुने, उनीहरुलाई हानि पु¥याउने सामाग्री प्रकाशन र प्रसारण गर्न नहुने, बालबालिकाको परिचय खुलाउन नहुने लगायत विषयहरु आचारसंहितामा रहेको हुँदा पत्रकार र साहित्यकारले बालबालिकासम्बन्धी समाचार वा कुनै रचना लेख्दा बालबालिकाको आत्मसम्मानमा ठेस पु¥याउने सामाग्री नलेख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बालअधिकारकर्मी श्री गौरी प्रधानले संघीय संरचनामा बालअधिकारः साहित्य र सञ्चार विषयक कार्यपत्र प्रस्तुत गर्दै विश्वका धेरै संविधानहरुको अध्ययन गर्दा नेपालको संविधान बालमैत्री हिसाबले उत्कृष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यपत्रमा बालबालिकाले कस्तो समाचार वा साहित्य सिर्जना मन पराउँछन् त्यस बारेमा साहित्यकार तथा पत्रकार चनाखो भएर बालबालिकाको सर्वोत्तम हितमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी बाल साहित्यकार तथा पत्रकार श्री अनन्त वाग्लेले बाल साहित्य तथा सञ्चारमा बाल सहभागिता वृद्धि विषयक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र चारित्रिका विकासमा सहयोग पुग्ने गरी समाचार र साहित्य सिर्जना गर्नुपर्ने बताउँदै घर, विद्यालय, समाजमा बालबालिकाको सहभागिता वृद्धि गर्नुका साथै बालबालिकालाई सहभागी गराउनु पर्नेमा जोड दिदै सञ्चारमाध्यम र साहित्यमार्फत बालबालिकाको संघर्षका कथा, प्रतिभा, पहिचान, असल अभ्यास, असमानताको अन्त्य जस्ता कुराहरु आउनुपर्ने बताउनुभयो ।

बाल सञ्चार केन्द्रका सल्लाहकार श्री शुभराज पोखरेलले बालबालिकाको क्षमता, रुचि फरक फरक हुने हँदा पढाईलाई मात्र केन्द्रमा राखेर अभिभावकले सोच्न नुहने धारणा व्यक्त गर्नुभयो । यस्तै नेपाल बाल साहित्य समाजका श्री यशु श्रेष्ठ, बालसाहित्यकारहरु श्री कृष्ण सुवेदी, डा.शैलेन्द्र प्रकाश नेपाल, श्री ध्रुवहरि घिमिरे, श्री रत्न उप्रेती, श्री सुशीला मैनाली, श्री उद्धव प्रसाद प्याकुरेल, श्री बुद्धि पौडेल, श्री शान्ता दाहाल लगायतले बालबालिकामा सकारात्मक समचारहरु एकदम कम आउने गरेको र बालबालिकालाई सरल र बुझ्ने भाषाका हरेक कुरा बुझाउन सकिने धारणा राख्नुभएको थियो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: