तथ्यांक

सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरुको वार्षिक स्थिति विश्लेषण आ. व. २०७४/७५

विगतमा भन्दा यस आर्थिक वर्ष २०७४/७५ मा विभिन्न सञ्चार माध्यमबाट प्रकाशित बालबालिका सम्बन्धी घटनाहरुको संख्यामा वृद्धि हुँदै गएको देखिएको छ । यस आ.व.को तीन वटै चौमासिकमा प्रकाशनमा आएका घटनालाई संकलन गरी तयार पारिएको यो वार्षिक पत्रमा बालअधिकार हनन्का ५८३ वटा घटनाहरुलाई यस पत्रमा विश्लेषण गरिएको छ । उक्त ५८३ वटा घटनाहरुमा १ हजार २७३ जना बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी यस आ.व.को अन्तिम चौमासिकमा ३०६ वटा घटनाहरुमा ६७५ जना बालबालिका पीडित तथा प्रभावति भएका छन् । 

चौमासिक

घटना संख्या

प्रभावित बालबालिका

पहिलो

९६

१९५

दोस्रो

१८१

४०३

तेस्रो

३०६

६७५

जम्मा

५८३

१२७३

 

Download View details