A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बालमैत्री सञ्चार निर्देशिका २०७३, सम्बन्धी प्रदेशस्तरीय अभिमूखीकरण कार्यक्रम

बालबालिकासंग सम्बन्धित रिपोर्टीङ गर्ने सन्दर्भमा सबैको साझा बुझाई कायम गर्न केन्द्रीय बालकल्याण समिति, प्रेस काउन्सिल नेपाल, सूचना विभाग र नेपाल पत्रकार महासंघको संयुक्त प्रयासमा बालमैत्री सञ्चार निर्देशिका, २०७३ जारी भई यसले गरेका व्यवस्थाहरुको बारेमा थप व्यख्या, टिप्पणीसहितको जानकारी पुस्तिका पनि प्रकाशित भईसकेको छ । यसै सन्दर्भमा मिति २०७५/२/३१ बिहीबारका दिन प्रदेश नं २ र ३ का ४२ जना पत्रकारहरु माझ बालमैत्री सञ्चार निर्देशिका, २०७३ को व्याख्यात्मक टिप्पणीसहितको जानकारी पुस्तिका माथि विस्तृत रुपमा छलफल गरिएको थियो ।

छलफलका क्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धितालज्यूले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले बालबालिकाको विषयलाई किन प्राथमिकता दिनुपर्छ, समग्रमा बालसंवेदनशीलता किन? पत्रकारितामा बालसंवेदनशीलता किन र कसरी? बालसंवेदनशील आमसञ्चारका क्षेत्रहरु, बालबालिकासम्बन्धी ऐन, २०४८ मा बालमैत्री सञ्चारसम्बन्धी भएको व्यवस्था, बालबालिकासम्बन्धी राष्ट्रिय नीतिको उद्देश्य ७.१ सँग सम्बन्धित नीति, पत्रकार आचारसंहिताले के भन्छ, लगायत बालमैत्री सञ्चार निर्देशिका २०७३ को निर्माण प्रक्रियाका बारेमा प्रष्ट पार्नुभएको थियो । उक्त कार्यपत्रको प्रस्तुती पश्चात नेपाल पत्रकार महासंघका अध्यक्ष श्री गोविन्द आचार्यज्यूले पत्रकारिताको मूल्य मान्यता नेपाली पत्रकारिताको अवस्था, बालबालिकासंग सम्बन्धित कुनै पनि सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्दा त्यसले पार्नसक्ने प्रभाव बारे पत्रकारले ध्यान दिनुपर्ने विषयहरु, बालसंवेदनशीलताको अवधारणा र नीतिगत व्यवस्थाका बारेमा जानकारी गराउनुभयो । यस्तै प्रेस काउन्सिल नेपालका बरिष्ठ अधिकृत श्री झविन्द्र भुषालले बालमैत्री सञ्चार निर्देशिका,२०७३ का बारेमा थप उजागर गर्दै पत्रकार आचारसंहिताका बारेमा जानकारी गराउनु भयो भने, पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने विषयहरु, सञ्चार माध्यमले खेल्ने भूमिका, बालमैत्री सञ्चार निर्देशिका २०७३ को कार्यान्वयनको अवस्था, काउन्सिलले गर्दै आएको सञ्चार माध्यमको अनुगमनका विषयमा बताउनुभयो ।

यस्तै सहभागीहरु बीच भएको खुल्ला छलफलका क्रममा प्रदेश नं २ सिरहाका पत्रकार गणेश प्रसाद साहाले बालबालिकासंग सम्बन्धित हत्याका समाचार लेख्दा वा प्रशारण गर्दा आउने समस्याका विषयमा चर्चा गर्नुभएको भने प्रदेश नं २ को सन्दर्भमा उहाँले अझै पनि बालसंवेदनशील भएर पत्रकारिता गर्न नसकेको यर्थाथ स्वीकारदै आगामी दिनमा समाचार लेख्दा वा प्रशारण गर्दा थप जिम्मेवारका साथ बालसंवेदनशील भएर लेख्न प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रदेश नं २ अन्तर्गतकै धनुषाका पत्रकार नित्यानन्द मण्डलले बालमैत्री सञ्चार निर्देशिका, २०७३ र यसको व्याख्यात्मक टिप्पणीले सातै प्रदेशका पत्रकारहरुलाई बालसंवेदनशील पत्रकारिताका बारेमा थप स्पष्ट पारेको बताउँदै, उहाँले शिशु/भ्रुण हत्याका समाचार प्रकाशित वा प्रसारित गर्दा कहिले काहि बालबालिकामा पनि मानसिक असर पर्ने हुँदा  यस्ता विषय वस्तुलाई कसरी उठान गर्ने भन्ने विचार व्यक्त गर्नुभयो भने सर्लाहीकी पत्रकार अर्चना झाले कतिपय सञ्चार माध्यमले पूर्ण रुपमा आचारसंहिता पालना गर्न नसकेकाले बालबालिकाका विषय सही तरिकाले बाहिर आउन नसकेको बताउनुभयो साथै उहाँले बालमैत्री सञ्चार निर्देशिका,२०७३ लागु भईसकेको अवस्थामा आगमाी दिनमा नेपाल पत्रकार महासंघ तथा पत्रकारहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । यस्तै प्रदेश नं ३ का पत्रकार प्रताप विष्टले विगतका तुलनामा पत्रकारहरु बालसंवेदनशील भएको जानकारी गराउँदै केन्द्रीय बालकल्याण समितिले बालबालिकासंग सम्बन्धित कुनै पनि विषय सञ्चार माध्यमा प्रसारण वा प्रकाशन हुँदा निर्देशिका विपरीत भएको खण्डमा पत्रकारहरुलाई पनि भक्झकाउन आग्रह गर्नुभयो । उहाँले विशेषगरी टेलिभिजनहरुमा बालमैत्री सञ्चार  निर्देशका विपरीत सामाग्रीहरु प्रसारण गरिने हुँदा त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: