A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmm6dujsa52gjcb3cpbdngrekp5q73c0c): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बालसंवेदनशील सामुदायिक राष्ट्रिय पुरस्कार २०७४ वितरण

बालअधिकार संरक्षण तथा सम्वर्धनको विषयमा रेडियो कार्यक्रम, रिपोर्टिङ्ग र रेडियोको स्वःयोगदानको रुपमा बालअधिकारसंग सम्बन्धित सार्वजनिक सन्देशहरु उत्पादन तथा प्रसारण गर्ने उत्कृष्ट सामुदायिक रेडियोलाई बालसंवेदनशील सामुदायिक रेडियो पुरस्काद्वारा यही मिति २०७५/३/६ गते बुधबारका दिन राजधानीमा पुरस्कृत गरिएको छ । केन्द्रीय बालकल्याण समिति र सामुदायिक रेडियो प्रसारक संघको संयुक्त प्रयासमा गत वर्षदेखि स्थापित बालसंवेदनशील सामुदायिक रेडियो पुरस्कार यस वर्ष  रुपन्देहीको सामुदायिक रेडियो लुम्बिनी, ९६.८ मेगाहर्जलाई एक समारोह बीच प्रदान गरिएको छ । केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बबिना श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धिताल, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष श्री सुवास खतिवडा, रेडियो लुम्बिनीका अध्यक्ष श्री मोहन चापागांई, एवं पुरस्कार छनौट तथा मुल्यांकन समितिका पदाधिकारीहरु, सामुदाियक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष श्री अर्जुन गिरी लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष बबिना श्रेष्ठ, समितिका कार्यकारी निर्देशक तारक धिताल र सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले संयुक्त रुपमा रेडियो लुम्बिनीका अध्यक्ष मोहन चापागांईलाई ५० हजार रुपैंया नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । समितिले गठन गरेको ५ सदस्यीय मूल्यांकन समितिले पुरस्कृत रेडियो चयन गरेको हो । रुपन्देहीबाट ९६.८ मेगाहर्जमा प्रसारण हुँदै आएको रेडियो लुम्बिनीले विगत १९ वर्षदेखि बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक श्री तारक धितालज्यूले पुरस्कृत रेडियोलाई बधाई दिँदै पुरस्कार स्थापना गर्नुको उद्देश्य, एफ.एम रेडियोले सर्वसाधारण तथा बालबालिकाको जीवनमा पार्ने प्रभाव र यसको महत्वका बारेमा प्रकाश पार्दै सामुदायिक रेडियोमार्फत विभिन्न सूचना, सन्देश एवम् बालअधिकार संरक्षण तथा सम्वर्धनको विषयमा रेडियो तथा सञ्चारमाध्यमले खेल्ने भूमिकाको बारेमा प्रष्ट्याउँदै सञ्चारमाध्यमलाई बालसंवेदनशील बनाउनका लागि बालमैत्री सञ्चार निर्देशिका २०७३ जारी भइसकेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै क्रियाशिल हुनुपर्ने तथा बालबालिकाको विषयमा अझ बढी संवेदनशील भई रिपोर्टिङ्ग, समाचार, कार्यक्रम लगायत सूचनामूलक सन्देश प्रशारण तथा सम्प्रेषण गर्न आग्रह गर्दै केन्द्रीय बालकल्याण समितिले बालअधिकारसम्बन्धी सञ्चालन गर्दै आएको ई–पोर्टलको बारेमा पनि जानकारी गराउनुभयो । कार्यक्रममा अको¥याबका बरिष्ठ उपाध्यक्ष श्री अर्जुन गिरीज्यूले पुरस्कार स्थापना गरेकोमा केन्द्रीय बालकल्याण समितिलाई धन्यवाद ज्ञापन गर्दै विगतमा भन्दा अहिले सञ्चार माध्यम केही हदसम्म बालसंवेदनशील भएको र जारी भएको बालमैत्री सञ्चार निर्देशिकाले विषयवस्तुमा थप प्रष्ट पारेको बताउनुभयो । यस्तै अको¥याबका कार्यक्रम व्यवस्थापक तथा मूल्यांकन समितिका सदस्य श्री दिपक आचार्यज्यूले रेडियो छनोट प्रक्रियाका बारेमा छोटकरीमा जानकारी गराउँदै विषयको सान्दर्भिकता, बालसंवेदनशीलता लगायतका विषयलाई प्राथमिकतामा राखेर निष्पक्ष रुपमा पुरस्कार छनोट गरिएको बताउनुभयो । अको¥याबका अध्यक्ष श्री सुवास खतिवडाज्यूले पुरस्कृत रेडियोलाई शुभकामना दिँदै केन्द्रीय बालकल्याण समितिले सुरुवात गरेको पहलप्रति आभार व्यक्त गर्दै सामुदायिक रेडियोहरुले कार्यक्रम प्रसारण गर्दा कत्तिको बालमैत्रीे छ र यसले उनीहरुको मनोविज्ञानमा कस्तो असर पार्नसक्छ लगायतका विषयमा अझ सचेत भएर सामग्री प्रसारण गर्न आग्रह गर्नुभयो । पुरस्कृत रेडियोका अध्यक्ष श्री मोहन चापागांईज्यूले सम्मान तथा पुरस्कारले रेडियो तथा पत्रकारलाई बालअधिकार संरक्षण तथा सम्वर्धनमा काम गर्न थप हौसला प्रदान गर्ने भएकाले बालबालिकाको विषयमा आगामी दिनमा अझ संवेदनशील भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगत लामो समयदेखि रेडियो लुम्बिनीबाट प्रसारण हुँदै आएको बालकार्यक्रमका बारेमा आफ्ना अनुभाव पनि सुनाउनुभयो । केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बबिना श्रेष्ठज्यूले केन्द्रीय बालकल्याण समितिको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै बालबालिकास“ग सम्बन्धित विषयमा रेडियो कार्यक्रम, रिपोर्टिङ्ग र सन्देशहरु प्रसारणमा सामुदायिक रेडियोले दिंदै आएको प्राथमिकता सह्रानीय रहेको तथापि बालबालिकास“ग सम्बन्धित रिपोर्टीङ गर्ने, कार्यक्रम तथा सन्देशहरु तयार गर्ने सन्दर्भमा सबैको समबुझाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: