A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionetma8fuuhj4974s7vi2po1crdfvs47go): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ वितरण

बालबालिकाको क्षेत्रमा विभिन्न विधामा बालसंवेदनशील समाचारहरु लेखेर योगदान पु¥याए बापत विभिन्न सञ्चार माध्यममा कार्यरत आठ जना पत्रकारहरुलाई यही मिति २०७५/२/३१ बिहीबारका दिन पुरस्कृत गरिएको छ । केन्द्रीय बालकल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त पुरस्कार वितरण कार्यक्रममा केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बबिना श्रेष्ठज्यूको अध्यक्षतामा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाज्यूको प्रमुख आतिथ्यता, सूचना विभागका महानिर्देशक श्री बालकृष्ण घिमिरे, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धिताल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्री गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य श्री इश्वरी ओझा र बरिष्ठ पत्रकार श्री कपिल काफ्ले लगायतको आतिथ्यतामा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा माननीय मन्त्री श्री थममाया थापाज्यू, केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बबिना श्रेष्ठज्यू, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशकश्री तारक धितालज्यू, र नेपाल पत्रकार महासंघका अध्यक्ष श्री गोविन्द आचार्यज्यूले संयुक्त रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत आठ जना पत्रकारहरुलाई २५ हजार रुपैंया नगद सहित प्रमाण पत्र प्रदान गर्नुभयो । पुरस्कृत हुनेमा छापा माध्यमका लागि उपत्यकातर्फ राससबाट सुशील दर्नाल, मोफसलबाट राजधानी दैनिकका निमेन्द्र शाही, टेलिभिजन उपत्यकामा नेपाल वातावरण पत्रकार समूहबाट रेणुका आचार्य, टेलिभिजन मोफसलबाट कान्तिपुरकी अमृता अनमोल, कार्यक्रम प्रस्तोतातर्फ नेपाल वातावरण पत्रकार समूहकी दुर्गा काकी यसैगरी रेडियो उपत्यकाबाट कान्तिपुर एफ.एमका रमेश दुलाल, रेडियो मोफसलबाट रेडियो सिद्धबाबा सिन्धुलीकी मनकुमारी पुलामी र सामुदायिक सूचना नेटवर्कबाट गीता चिमोरिया पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य श्री इश्वरी ओझाज्यूले बालबालिकाको विषय सबैको सरोकारको विषय भएकाले हरेक व्यक्ति बालसंवेदनशील हुन जरुरी रहेको बताउँदै बालबालिकासंग सम्बन्धित कुनै पनि समाचार लेख्दा शब्द चयनमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । केन्द्रीय बाकल्याण समितिका कार्यकारी निर्देशकश्री तारक धितालज्यूले पुरस्कृत सबै पत्रकारलाई बधाई दिँदै आगामी दिनमा आफनो कामलाई निरन्तरता दिइरहने विश्वास व्यक्त गर्दै बालबालिका एकदमै संवेदनशील हुने भएकाले सचेत भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।साथै, बालसंवेदनशील पुरस्कारको स्थापना, केन्द्रीय बाकल्याण समितिले पुरस्कारका लागि गरेको पहल लगायत नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिल नेपालसंगको सहकार्यका बारेमा जानकारी गराउँदै सञ्चार माध्यमलाई बालसंवेदनशील बनाउनका लागि बालमैत्री सञ्चार निर्देशका जारी भइसकेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै लागि पर्नुपर्नेमा जोड दिनुभयो ।यसैगरी उहाँले वयस्क तथा सरोकारवाला निकायहरु बालबालिकाप्रति संवेदनशील हुन नसके सिंगो समाजलाई नै असर पु¥याउने विचार व्यक्त गर्दै सञ्चार माध्यममा बालअधिकारको संरक्षण र सम्बर्धनमा निरन्तर प्रयत्नरत रहन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा छनोट समितिका संयोजक श्री गोविन्द आचार्यज्यूले पुरस्कार छनोट प्रक्रियाका बारेमा छोटकारीमा जानकारी गराउँदै विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता लगायतका विषयलाई प्राथमिकतामा राखेर निष्पक्ष रुपमा पुरस्कार छनोट गरिएको बताउनुभयो । सूचना विभागका महानिर्देशकश्री बालकृष्ण घिमिरेज्यूले पुरस्कृत सबैलाई धन्यवाद दिँँदै बालसंवेदनशील पत्रकारिता गर्ने पत्रकारको उत्साह बढाउनका लागि पुरस्कार स्थापना गरिएको बताउँदै अबका दिनमापत्रकारहरुलाईथपजिम्मेवारी बढेकाले बालमैत्री पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाज्यूले बालबालिकाको विषयमा सकारात्मक पहल सुरुवात भएकोमा केन्द्रीय बाकल्याण समितिर नेपाल पत्रकार महासंघलाई धन्यवाद दिँदै यस्ता खालका सम्मान तथा पुरस्कारले पत्रकारलाई बालअधिकार संरक्षण तथा सम्बर्धनमा काम गर्न थप हौसला प्रदान गर्ने भएकाले सम्पूर्ण पत्रकारहरुलाई बालबालिकाको विषयमा आगामी दिनमा अझ सचेत, संवेदनशील भई काम गर्न सल्लाह दिनुभयो । यसैगरी गरी केन्द्रीय बालकल्याण समितिकी अध्यक्ष श्री बविना श्रेष्ठज्यूले समितिको तर्फबाट पुरस्कृत पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै बालबालिकासंग सम्बन्धित विषयमा सञ्चार माध्यमले दिँदै आएको प्राथमिकता सराहनीय रहेको बताउनुभयो । बालबालिकास“ग सम्बन्धित रिपोर्टीङ गर्ने सन्दर्भमा सबैको साझा बुझाई कायम गर्न केन्द्रीय बालकल्याण समिति, प्रेस काउन्सिल नेपाल, सूचना विभाग र नेपाल पत्रकार महासंघको संयुक्त प्रयासमा बालमैत्री सञ्चार निर्देशिका, २०७३ तथा यसले व्यवस्था गरेको प्रावधानहरुको व्याख्यात्मक टिप्पणीसमेत तयार भइसकेकाले अब यसको प्रभावकारी कार्यान्वयनका लागि छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यममा क्रियाशील पत्रकारहरु तथा प्रकाशन वा प्रसारण हुने समाचार माध्यमहरु सबैमा समबुझाई विकास गरी प्रतिवद्धताका साथ लागि पर्न अनुरोध गर्नुभयो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: