A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioniahhdctg6685stmcdlp1jdt9bnegsjel): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

भारतका विभिन्न बालगृहबाट ३३ जना बालबालिकाको उद्धार

केन्द्रीय बालकल्याण समितिले भारतको मुजफ्फरपुर र दरभंगाबाट ३३ जना बालबालिकालाई पारिवारिक पुनर्मिलन एवम् पुर्नस्थापनाका लागि नेपाल ल्याएको छ । भारतमा विभिन्न माध्यमबाट श्रम गर्न लगिएका, गएका एवम् धार्मिक शिक्षाका नाममा लगिएका बालबालिका आफूहरु रहेबसेको स्थानमा बस्न नसकि संस्था छाडी हिड्दा भारतीय प्रहरीले फेला पारी उनीहरुलाई भारतकै विभिन्न संरक्षण गृहमा पठाएको थियो । विभिन्न सयम देखि संरक्षण गृहहरुमा रहेका नेपाली बालबालिकाका बारेमा समितिले आवश्यक विवरण संकलन पश्चात भारतको पटना स्थित समाज कल्याण विभागसंग पत्राचार गरी बालबालिकालाई समितिकै नेतृत्वमा गएको टोलीले संरक्षण गृहहरुबाट छुटकारा गराई नेपाल ल्याएको हो ।

उद्धार टोली भारतबाट काठमाडौं आएकै दिन चतै ५, २०७३ शनिबार केन्द्रीय बालकल्याण समितिले ती बालबालिकाको बारेमा संचार माध्यमलाई जानकारी गराएको थियो । उक्त पत्रकार भेटघाटमा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक श्री तारक धिताल र कार्यक्रम व्यवस्थापक श्री नमुना भुषालले उद्धार गरिएका बालबालिकाको बारेमा जानकारी गराउनु भयो ।

उद्धार गरिएका नेपाली बालबालिका ५ वर्षदेखि १८ वर्षसम्मका छन् । मुजफ्फरपुरमा रहेको निर्देश बालगृहबाट १७ बालक, सेवा संकल्प बालिका गृहबाट २ बालिका, र दरभंगा बालगृहबाट १४ बालक नेपाल ल्याइएका हुन् । जसमध्ये सबैभन्दा बढी सिराहका ९ जना, सप्तरीका ३ जना, बारा, रौतहट र काठमाडौंका २/२ जना रहेका छन् । यसै गरी काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी, दार्चुला, पर्सा नवलपरासी, रुपन्देही, गुल्मी, कञ्चनपुर र जनकपुर घर भएका बालबालिका पनि रहेका छन् । हाल ती बालबालिकाको स्वास्थ्य परिक्षण तथा मनोपरामर्श गरी पारिवारिक सम्पर्क गर्न एवम् आवश्यक पुर्नएकीकरण, पुर्नस्थापन गर्नका लागि छोराछोरी नेपाल संस्थाको संरक्षणमा राखिएको छ ।

भारतको विभिन्न बालगृहबाट उद्धार गरेर ल्याइएका बालबालिकामध्ये कतिपय बालश्रम शोषणमा परेका, खुला सिमाका कारण भारत गएको अवस्थामा प्रहरीले समातेर बालगृहमा बुझाएको, कोही काममा लगाइदिने प्रलोभन देखाएर आफन्तले लगेर विचल्ली बनाएको, कोही घरेलु कामदारका रुपमा रहेकोमा काम गर्न नसकी भागेको र कतिपय आफै कामको खोजीमा भारत तर्फ जाँदा उतै अलपत्र परेको अवस्थामा उक्त बालबालिकाहरु रहेको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताउनुभयो । यसैगरी केही बालबालिका भारतकै गुम्बामा बस्न नसकी भागेको तथा मदरसामा बस्न नसकी भाग्दा भारत पु¥याइएका समेत पाइएको छ ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: