घटना, सूचना र समाचार

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनको विषयमा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई पुरस्कारद्वारा सम्मानित गरिने भएको छ । यस अन्तर्गत रेडियो, टेलिभिजन, र पत्रपत्रिकामा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई प्रत्येक माध्यमबाट उपत्यका र मोफसलबाट १/१ जना गरी जम्मा ६ जना तथा उपत्यका र मोफसलका रेडियो र टेलिभिजनका बाल कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालकमध्ये १/१ जना गरी २ जना समेत जम्मा ८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी प्रतिव्यक्ति रु २५,००० (पच्चीस हजार रुपैयाँ ) तथा प्रमाणपत्र रहने छ । यस पुरस्कारका लागि व्यक्तिगत विवरण र २०७५ बैशाख १ गते देखि २०७५ चैत्र मसान्तसम्म प्रकाशित/प्रसारित ३ वटा सामाग्री सहितको आवेदन २०७६ जेष्ठ १५ गते भित्र महासंघको केन्द्रीय कार्यालयमा सञ्चारग्राम काठमार्डौमा पेश गर्नुपर्ने छ । यससम्बन्धी विस्तृत जानकारी तथा आवेदन फारम महासंघको वेवसाइट www.fnjnepal.org/ र केन्द्रीय बालकल्याण समितिको पोर्टल www.childrights.gov.np मा हेर्न अनुरोध छ । आवेदन र सामाग्रीहरु निम्न ठेगानामा हुलाक वा इमेलमार्फत पठाउन अनुरोध छ।

नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्यालय 
सञ्चारग्राम , तिलगंगा , काठमाडौं । 
इमेल :fnjnepalcentral@gmail.com , फोन :०१४११२७६३

 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed