समाचारमा बालबालिका

कैलालीमा नदीमा डुबेर २ बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/10/905499, २०७७ कार्तिक ९ गते 

 

९ कात्तिक, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु  भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।