समाचारमा बालबालिका

ललितपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

https://www.onlinekhabar.com/2020/12/914684    २०७७ मंसिर २५

२५ मंसिर, काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।

श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।