समाचारमा बालबालिका

झापामा करेन्ट लागेर किशोरीको मृत्यु

https://www.setopati.com/social/235578 वैशाख ११

विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक किशोरी को मृत्यु भएको छ । 

मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते भएकी किशोरीको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए।